आर्थिक 📈

यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य

काठमाडौं, ४ माघ । कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई)… पुरा पढौ

अमेरिकी डलर र यूराेकाे भाउ उकालो लाग्दै, अन्यकाे कति

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा… पुरा पढौ

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च :राष्ट्र बैंक

काठमाडौं, ४ माघ । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू ४७… पुरा पढौ

नेप्सेमा ७.३३ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

काठमाडौं, ३ माघ । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ । अघिल्लो दिन १।८३ अंकको बृद्धि भएको नेप्सेमा यसदिनको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३९ अंकले घटेर ४३६.६२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५४ वटामा मात्रै हरियो लागेको छ र बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल… पुरा पढौ

अर्थतन्त्र समृद्धिको ढोका, अनुगमन संयन्त्र (विचार)

काठमाडौं, ३ माघ । अर्थतन्त्रका उत्पादन, लगानी, उपभोग, बचत, रोजगारी, आम्दानीको अवस्थालाई जनाउने क्षेत्र वास्तविक क्षेत्रको नामले चिनिन्छ । अर्थतन्त्रको आकार र यसमा भएको वृद्धिले अर्थतन्त्रको अवस्थालाई जनाउँछन् । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब ८४ करोड पुग्ने प्रारम्भिक अनुमान छ । गत आव २०७९÷८० मा अर्थतन्त्रको आकार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ भने आव २०७८÷७९ मा अर्थतन्त्रको आकार रु ४९ खर्ब ७६ अर्ब रहने अन्तिम… पुरा पढौ

सुनमा रु १२ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ३ माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १२ सयले बढेको छ । चाँदीमा रुपैयाँ ५० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ५६ हजार ६ सय कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ५० ले बढेर तोलाको… पुरा पढौ

यस्तो छ आज तरकारी र फलफूलको बजार भाउ

काठमाडौं, ३ माघ । कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु २५, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई)… पुरा पढौ

आर्थिक सङ्कटले हेटौँडा सिमेन्टकाे उत्पादन ३ महिनादेखि बन्द

बागमती, ३ माघ । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरै जाँदा सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मतसम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । “उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोएिको होइन”, हेटौँडा सिमेन्ट उद्योगका… पुरा पढौ

लाभांश पारित गर्न नेपाल लाइफले डाक्याे एजिएम

काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीकाे साधारण सभा माघ २८ गते डाकिएकाे छ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे डाकिएकाे हाे । सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांशसहित कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिने छ । यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान, हिसाब किताब, विवविध विषयमा छलफल गरिने भएकाे छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षककाे नियुक्ति तथा निजकाे पारिश्रमिक… पुरा पढौ

यस्ताे छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ३४ पैसा, स्विस… पुरा पढौ