आर्थिक 📈

मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो

वीरगञ्ज (पर्सा), ७ माघ । मधेश प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन(मधेश प्रदेश) अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन पाँच दशमलव ०४ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैंकका अनुसार आव २०७९/८० मा मधेश प्रदेशमा माछाको उत्पादन ४३ हजार तीन सय ८६ मेट्रिक टन रहेको थियो ।… पुरा पढौ

अमेरिकी डलरको मूल्य आज स्थिर, अन्यकाे कति ?

काठमाडौं, ७ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा… पुरा पढौ

अलैँची बिक्रीबाट किसानले गरे २२ करोड आम्दानी

लमजुङ, ७ माघ । यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ । त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु… पुरा पढौ

विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव

झापा, ७ माघ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवद्र्धन गरिने महोत्सवमा एक सय ५० सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताइन्। यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा… पुरा पढौ

अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुदैंछ: अर्थमन्त्री पौडेल

काठमाडौं, ६ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताएका छन्। अर्थ मन्त्रालयले आज आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधार हुँदै गएको सूचकहरुले नै देखाएको बताए । “हामीले आर्थिक सूचकहरुमा तलमाथि गरेका छैनौँ । सूचक हरियो छ भने हरियो र रातो छ भने रातो नै प्रस्तुत भएको छ । तथ्यले हाम्रो अर्थतन्त्र सुधार हुँदै गएको देखाउँछ”, उनले भने। वर्तमान सरकार गठन भएपछि… पुरा पढौ

नेप्सेमा १२.५८ अंकको बृद्धि, ६ अर्ब २५ करोडको कारोबार

काठमाडौं, ६ माघ । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले अर्थ बजारमा सुधारको संकेत गरेको हो कि भन्ने आकलन गरिएको छ । नेप्सेमा देखिएको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । नपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा रहेको छ । नेप्सेमा ०.४८ प्रतिशतले बृद्धि हुँदा सन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेर ४३९.०४ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका… पुरा पढौ

आरएसडिसी लघुवित्तकाे नाफा घट्याे

काठमाडौं, ६ माघ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे नाफामा कमि भएकाे छ। संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ। यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तकाे नाफा ४ करोड ४१ लाख रुपैयाँ रहेकाे छ। जाे गएकाे वर्षको सोही अवधिको भन्दा ३६.२५ प्रतिशतले थाेरै हो। गएकाे वर्षमा संस्थाकाे नाफा ६ करोड ९३ लाख रुपैयाँ थियो। संस्थाकाे खुद ब्याज आम्दानी घटेको ५ भने खराब कर्जा बढेको कारण खुद नाफामा कमि… पुरा पढौ

सरकारले तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब

काठमाडौं, ६ माघ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू… पुरा पढौ

बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतवार एकैपटक ६० अर्ब तरलता तान्ने भएको छ। राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। यसका लागि आइतवार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने… पुरा पढौ

सुनमा रु ८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, ६ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ३० ले घटेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ३० ले घटेर तोलाको… पुरा पढौ