आर्थिक 📈

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल आयोजना

काठमाण्डौं, ८ मङ्सिर । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएकाे छ । संयुक्त अरब इमिरेट्स९युएई०का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवरद्धधन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए। आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध नेपाल निर्माणको अभियानमा सक्दो योगदान गर्न आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए । त्यस अवसरमा नेपालका उद्योगी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली सङ्घ, युएई,नेपाल विजनेस काउन्सिल… पुरा पढौ

नेपालमा लगानीकाे वातावरण सृजना भएको छः अर्थमन्त्री पौडेल

काठमाडौं, ७ मङ्सिर । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे। रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको सङ्केत गरेको उनको भनाइ थियो । उनले भने, “क्रेडिट रेटिङको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र… पुरा पढौ

ऊर्जा दक्षता प्रवर्द्धनका निम्ति अनुदान योजना सुरू

काठमाडाैं, ७ मङ्सिर । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमअन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त एक अनुदान योजना प्रारम्भ भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु रहेको रीप–ग्रीन कार्यक्रमले जनाएको छ । उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुका साथै कार्बन उत्सर्जन घटाउनु यस… पुरा पढौ

शुक्रबार सुनमा रु १५ सयले बृद्धि, चाँदीको भाउ घट्यो

काठमाडौं, ७ मंसिर । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ १५ सयले बढेको छ । चाँदीमा रुपैयाँ १० ले भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १५ सयले बढेर तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेर… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकामा सुरु भयो ‘छात्रा बचत खाता’ कार्यक्रम

तनहुँ, ७ मङ्सिर । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट आजदेखि यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। यो कार्यक्रम पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः सञ्चालन गरिने चुमानको भनाइ छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलोपटक छात्रा बचत कार्यक्रम सुरु गरिएको चुमानले बताए। रामशाह माविमा एक हजार आठ… पुरा पढौ

दाङमा धान उत्पादन बढ्यो

दाङ, ७ मङ्सिर । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो । यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ जातका धान लगाएका… पुरा पढौ

अमेरिकी डलर, पाउण्ड र क्यानेडियन डलरकाे भाउ बढ्यो

काठमाडौं, ७ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर, स्टर्लिङ पाउण्ड, क्यानेडियन डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाईभाट, मलेसियन रिङ्गेट, कुवेती दिनार, बहराइन दिनारको मूल्य बढेको छ । युरो र डेनिस क्रोनरको भने मूल्य घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ५० पैसा निर्धारण… पुरा पढौ

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने

काठमाण्डौं, ७ मङ्सिर । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको… पुरा पढौ

गरिमा विकास बैंकले आज बृहत रक्तदान कार्यक्रम गर्दै

काठमाडौं, ७ मंसिर। लाजिम्पाट काठमाडौंमा प्रधान कार्यालय रहेकाे गरिमा विकास बैंक लिमिटेडले आज मंसिर ७ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्दैछ । विकास बैंकले १८औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाे हाे । बैकबाट प्राप्त जानकारी अनुसार भाेलि विहान ८ बजेदेखी केन्द्रीय कार्यालय सहित देशभरका ७ वटा शाखा कार्यालय परिसरमा रक्तदान कार्यक्रम हुँदैछ । बैककाे प्रधान कार्यालय, लाजिम्पाट, शाखा कार्यालय, पोखरा, शाखा कार्यालय नारायणगढ, शाखा कार्यालय इटहरी, शाखा कार्यालय बुटवल, शाखा कार्यलय कोहलपुर र शाखा… पुरा पढौ

पहिलो चौमासिकमा १७ प्रतिशतले वढ्याे राजस्व सङ्कलन

काठमाडौं, ६ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आवको चार महिनामा रु तीन खर्ब २३ अर्ब २४ करोड राजस्व सङ्कलन भएको छ । सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकेको भने देखिदैँन । पछिल्लो पाँच वर्षको राजस्व परिचालनको… पुरा पढौ