आर्थिक 📈

सुनमा रु २ हजारले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । बिहिबार एकैदिन रुपैयाँ ४ हजारले बढेको सुनको भाउमा आज रुपैयाँ आज रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

सुपर मादी हाइड्रोकाे खुद नाफामा ५०.८३ प्रतिशतले बृद्धि

काठमाडौं, २३ कात्तिक । सुपर मादी हाइड्रोकाे खुद नाफामा ५०.८३ प्रतिशतले बृद्धि भएकाे छ । कमपनीकाे प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेकाे हाे । चालु आर्थिक वर्षको पहिलाे तीन मिहनामा कम्पनीले रुपैयाँ १६ करोड १३ लाख खुद नाफा गरेकाे छ। याे नाफा गत आर्थिक वर्षको पहिलो तीन महिनामा रुपैयाँ १० करोड ६९ लाख थियाे । कम्पनीको वित्तीय खर्च घटेपछि नाफामा सुधार भएकाे हाे । यस अवधिमा विद्युत बिक्री आम्दानी… पुरा पढौ

अमेरिकी डलर र युरोको भाउ बढ्यो, अन्यकाे कति ?

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा कायम भएको छ । शुक्रबारका लागि युरो (युरोपियन युरो) एकको… पुरा पढौ

व्यावसायिक ‘ड्रागन फ्रुट’ खेतीमा आकर्षण बढ्दै

मन्थली (रामेछाप), २२ कात्तिक । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको… पुरा पढौ

फोहरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका

त्रिवेणी (नवलपरासी), २२ कात्तिक । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु सकारात्मक उदाहरण बन्न सक्दछ । मध्यविन्दु नगरपालिकाले फोहरको व्यवस्थापनसँगै जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको छ । पालिकाले सङ्कलित फोहरमध्ये कुहिने फोहरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरेको हो । यहाँ स्थापित केन्द्रबाट फोहर व्यवस्थापनसँगै हाल परीक्षणका रूपमा उत्पादन गरिएको र जैविक मल बिक्री सुरु गरेको नगरपालिकाका इन्जिनियर विवेक… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छः ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा,… पुरा पढौ

व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

धरान (सुनसरी), २२ कात्तिक । बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए। अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । “विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक… पुरा पढौ

विश्व बैंकको सहयोगमा रु ७२ अर्बका पाँच आयोजना फास्ट ट्र्याकमा गरिने

काठमाडौं, २१ कात्तिक । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब रु ७२ अर्ब बराबरका पाँचवटा आयोजनाको तयारी ‘फास्ट ट्र्याक’मा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । यसैगरी तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशिलताका लागि डिजिटल सेवा रुपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्र्याकमा गर्ने निर्णय भएको छ । विश्व… पुरा पढौ

नेप्सेमा ५.०२ अंकको गिरावट, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं, २१ कार्थिक । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.०२ अंकले घटेको छ । यसरी घटेको नेप्से २६७२.३७ विन्दुमा रहेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेनसेटिभ इण्डेक्स १.२५ अंकले घटेर ४७६.७४ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेका छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड १४… पुरा पढौ

बुधबार सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, २१ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । सुनको भाउ बढेको छ भने चाँदीको भाउमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको जनाएको छ । चाँदीको भाउमा भने रुपैयाँ १५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ ३ सये बढेर तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६८… पुरा पढौ