आर्थिक 📈

मितेरी डेभलपमेन्ट बैंकले गर्याे लाभांश घोषणा

काठमाडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिकाे बैंठकले १० प्रतिशत लाभांश दिने घोषणा गरेको हाे। यसमा गत वर्षको नाफाबाट शेयरधनीहरूलाई ९.५०७९ प्रतिशत बोनस शेयर रहेकाे छ । साथै ०.५००४ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांश दिने घोषणा गरिएकाे हो ।  बैंक सञ्चालक समितिकाे बैंठककाे साे प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा मितेरी बैंकको आगामी साधारण सभाबाट अनुमाेदन गरिएपछि वितरण गरिने भएकाे छ । बैंकले आर्थिक… पुरा पढौ

सुनमा रु १७ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १७ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार… पुरा पढौ

ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाख आम्दानी

चौतारा ९ मङ्सिर । साँगाचोक गढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा रु ३० लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउछन्। विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक रु १२ देखि १५ लाखसम्म कमाउन सकिने उनको सुझाव… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे आजको भाउ

काठमाण्डौं, ९ मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली (रामेछाप), ९ मङ्सिर । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो । रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले पन्ध्र रोपनीमा व्यावसायिकरुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनले बताए । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु तीन लाख ५० हजारबराबरको जुनार बिक्री गर्ने… पुरा पढौ

अबकाे व्यवसाय प्रविधिमैत्री नभए पछि परिन्छ : मेयर आचार्य

पाेखरा, ८ मंसिर । पोखरा महानगरका प्रमुख धनराज चार्यले व्यावसायिक क्षेत्रमा समय अनुसारकाे परिवर्तनलाई अंगिकार गरेर अगाडी बढ्न जरूरी भइसकेकाे बताएका छन् । जमाना फेरिएकाे छ । पहिलेकाे जस्ताे ढर्रा र पाराले अब म्यानुअल भइरहे र कागजी पानाहरूमा सिमित रहे उभाे लाग्न कठिन हुने र पछि परिने बताए । एक दर्जन अग्रजहरूले पाेखराबाट सुरू गरेकाे पुस्तक तथा स्टेशनीकाे व्यवसाय अहिले देशभर फैलिएकाे र ठूलाे नेटकर्कमा रहन सफल भएकाे बताए । अहिले केन्द्र र प्रदेशमा महासंघ रहेकाे छ भने महसंघ अन्तर्गत… पुरा पढौ

यस्ताे छ इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारबारे नयाँ प्राबधान

काठमाडौं, ८ मङ्सिर । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा… पुरा पढौ

‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?

काठमाडौं, ८ मङ्सिर । प्रक्रिया सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलो पटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी) स्कोर प्राप्त गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रुपमा क्रेडिट रेटिङ पर्दछ । यसकारण दातृ निकाय, विकास साझेदार तथा वैदेशिक लगानीकर्ता र नेपालको निजी क्षेत्रलेसमेत लामो समयदेखि क्रेडिट रेटिङ अतिआवश्यक रहेको बताउँदै आएका थिए । नेपालले कोभिड–१९ महामारीअघि नै… पुरा पढौ

गण्डकीमा कृषियाेग्य भूमि घटेकाे राष्ट्र बैङ्ककाे तथ्याङ्क

काठमाडाैं, ८ मङ्सिर । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले हालै गरेको एक अध्ययनले देखाएकाे छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख गरिएकाे छ । अध्ययन प्रतिबेदन अनुसार सो प्रदेशमा ४ लाख लाख ३७ हजार ९ सय ७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं, ८ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र… पुरा पढौ