आर्थिक 📈

वीरगञ्जबाट मोटरसाइकल आयात ७६ प्रतिशतले बढ्यो

वीरगञ्ज(पर्सा) १ कात्तिक । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०÷८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सात हजार एक सय २० वटा मोटरसाइकल आयात भएका हुन् । चालु आर्थिक वर्षको भदौं मसान्तसम्मको अवधिमा वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीसाधनको आयातमा कमी आएको भए पनि दुई पाङग्रे सवारीसाधनको आयात बढेको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए। चालु आवको भदौ मसान्तसम्ममा रु दुई अर्ब सात… पुरा पढौ

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १ कात्तिक । अपि पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार कात्तिक २ गते बुकक्लोज हुने जानकारी दिएकाे छ। शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आज कात्तिक १ गतेसम्म नेप्सेमा सेयरकेा काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिने छन्। कम्पनीकाे २१ औँ साधारणसभा कात्तिक १९ गते बाेलाइएकाे छ । सभामा ५ प्रतिशत… पुरा पढौ

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

धरान (सुनसरी), १ कात्तिक । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए। उनले भने, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आएका हुन्। पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।” उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ… पुरा पढौ

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

दमौली (तनहुँ), १ कात्तिक । यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ । गत वर्षदेखि उनका महिलाहरूले संगठित रूपमा सयपत्री उत्पादन गर्न थालिएको र त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, “सयपत्री फूलको बजारीकरणमा हामीले सघाउँदै आएका छौँ । कतारलगायत… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ कात्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा,… पुरा पढौ

सहकारीले दूधको बजारीकरण गरेपछि किसान उत्साहित

गलकोट (बागलुङ), १ कात्तिक । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् । सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०÷८१ मा मात्रै रु सात करोड बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै रु सात करोड ४८ लाख १७ हजारको कारोबार गरेपछि… पुरा पढौ

कोशी प्रदेशमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति

बेलबारी (मोरङ), १ कात्तिक । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो । वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच… पुरा पढौ

नेप्से २७४२.८८ विन्दुमा उक्लियो, साढे ५ अर्बको कारोबार

काठमाडौं, ३० असोज । नेपाली सेयर बजार अाज पनि उकालोको यात्रामा गएको छ । असोज मसान्त बुधबारमा देखिएको नेप्सेको हरियाली बातावरणले लगानीकर्ताहरुलाई उत्साही बनाएको छ । केहि समय अगाडी ३० अर्बको कारोबार भएको नेप्सेमा पछिल्ला दिनहरुमा ५ अर्ब वरपरको कारोबारमा आएपछि निरासा छाएको थियो । दसै बिदा खुलेपछिको पहिलो दिनमा ३१.४८ अंकले बढेको नेप्सेमा यसदिन ४३.२२ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २७४२.८८ विन्दुमा उक्लिएको छ । कारोबार पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर नजिकको भएको छ ।… पुरा पढौ

सुनकाे भाउमा नयाँ रेकर्ड : तोलाको १ लाख ६१ हजार ८ सय

काठमाडौं, ३० असोज । सुनचाँदीको भाउ दिनदिनै बढि रहेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर नयाँ रकेर्ड कायम भएको छ । आज छापावाल सुनमा रुपैयाँ १३ सय तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १३ सयले बढेर तोलाको १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन रुपैयाँ १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९… पुरा पढौ