आर्थिक 📈

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

धरान (सुनसरी), ३० असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए। उनले लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दैआएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दैआएका छन् । उनले भने, “सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।” इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दैआएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र… पुरा पढौ

बेर्ना उमारेरै घरखर्चको जोहो गर्दै बिनोद राना

कञ्चनपुर, ३० असोज । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दैआएका छन् । तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन् । रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन् । भदौको अन्तिम सातादेखि नर्सरीमा बिरुवा उमार्न थालेका रानाले असोजको दोस्रो सातादेखि बिरुवा बिक्री गर्न थालेका हुन्। पाँच वर्षदेखि उहाँ यस कार्यमा संलग्न रहँदै आएका छन् । गत वर्षको यसै अवधिमा नर्सरीबाट ३० हजार बिरुवा बिक्री भएका… पुरा पढौ

पेट्रोलमा रु एक, डिजेल र मट्टितेलमा रु चारले मूल्य वृद्धि

काठमाडौं, ३० असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर रु एक सय ५६.५०, दोस्रो वर्गमा रु एक सय ५८ र तेस्रो वर्गमा रु एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा रु एक सय ५० र तेस्रो वर्गमा रु… पुरा पढौ

उपभोक्ता मुद्रास्फीति भदौ महिनामा ४ प्रतिशतले कमी

काठमाडौं, २९ असोज । चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्याङ्कअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा कमी आएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमवलव ०३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी… पुरा पढौ

नेप्सेमा ३१.४८ अंकको बृद्धि, अब कात्तिकमा बढ्दै जाला ?

काठमाडौं, २९ असोज । दसैं बिदापछि खुलेको नेपाली सेयर बजारको पहिलाे काराेबारकाे दृश्य सकारात्मक बनेको छ । साताको कारोबार हुने तेश्रो दिन मंगलबार नेप्सेको उकालोको यात्राले कार्तिक आउनै लाग्दा र असोज सकिनै लाग्दा सुधारको राम्रो संकेत भएको आकलन गरिएको छ । बिदा पछिको याे पहिलो कारोबार रकममा उल्लेख्य बढाेत्तरी नभए पनि सुधारको संकेतको रुपमा रहेको लगानीकताीहरु बताउँछन् । बजार ओरालो लाग्ला सधैं पर्ख र हेरको स्थितिमा पुग्ने लगानीकर्ताहरुमा आजको सकारात्मक दृश्यले उत्साहि बनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

सुन तोलामा रु १४ सयले बढ्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २९ असोज । दशैंको बिदापछि खुलेको बजारमा सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।यसदिन सुनको भाउमा रुपैयाँ १४ सयले बढेको छ । चाँदीमा रुपैयाँ २५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि असोज २३ गते छापावाल सुन तोलाको १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो दिन साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार सेतो धातु चाँदीमा… पुरा पढौ

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो

कैलाली (टीकापुर), २९ असो । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउदिनन्। “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उनले भनिन्, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै… पुरा पढौ

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २९ असोज । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली बुधबार बुकक्लोज गर्ने जनाएकाे छ । शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि आजसम्म नेप्सेमा कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरु सभामा सहभागि हुन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् । कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएकाे छ। साथै कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको… पुरा पढौ

दसैँको दक्षिणा ‘शिक्षामा लगानी’

टीकापुर, २८ असोज . दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छन्। कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छन्। “मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु”, उनले भनिन्, “यसपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु ।”… पुरा पढौ