आर्थिक 📈

सुनको भाउमा फेरि नयाँ रेकर्ड-तोलाको १ लाख ६५ हजार

काठमाडौं, ४ कात्तिक । सुनचाँदीको भाउ निरन्तर बृद्धि भईरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च रेकर्ड बनाएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ९५ ले बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार… पुरा पढौ

अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ४ कात्तिक । अरुण भ्याली हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले कम्पनीले साधारण सभा र लाभांश प्रयोजनार्थ कात्तिक ५ गते बुक क्लोज गर्ने जनाएकाे छ । यसका लागि आजसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य हुनेछन् ।  कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांशसहित ३.१५७ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेकाे छ । यसैका लागि कात्तिक १४ गते साधारण सभा बाेलाइएकाे… पुरा पढौ

समता घरेलु लघुवित्तले कात्तिक १२ मा एफपीओ खुलाउदै

काठमाडौं, ४ कात्तिक । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने जनाएकाे छ । संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको हाे । लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेकाे थियाे । त्यसअनुसार शेयर पूँजी संरचना रेसियाे संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग हुने शेयर सर्वसाधारणका लागि एफपीओ खुलाउन लागेकाे हाे । संस्थाले रुपैयाा ३ करोड ५० लाख ९० हजार ४२५ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर… पुरा पढौ

मेची भन्सारले पहिलो त्रैमासमा संकलन गर्‍यो साढे ३ अर्ब राजस्व

झापा, ४ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु ३ अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए। आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ४ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस… पुरा पढौ

डेरी उद्योगबाट महिलाहरूले गरे मासिक १० लाखको कारोबार

दमौली, ३ कात्तिक । तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा ल्याइएको हो । डेरीबाट उत्पादित दुग्धजन्य वस्तुहरु आफ्ना नियमित उपभोक्ता तथा सर्वसाधारणको सहजताका लागि टाउन चोकमा पसल सञ्चालन गरिएको सहकारीका व्यवस्थापक सङ्गीता ओझाले जानकारी दिइन्। सहकारीले सञ्चालन गरेको डेरीबाट उत्पादित दुग्धजन्य पदार्थहरु दूध, दही, घ्यु, पनिर, कुल्फी, आइसक्रिम र खुवा अबदेखि उक्त… पुरा पढौ

सुक्खा बन्दरगाह भन्सारले ३ महिनामा संकलन गर्यो पाैने १३ अर्ब राजस्व

वीरगञ्ज, ३ कात्तिक । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१ दशमलव २५ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलन रु २५ करोड ८४ लाख ११ हजार ले कमी भएको बताए। “गत… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, ३ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस… पुरा पढौ

राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमति खारेज

काठमाडौं, २ कात्तिक । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह… पुरा पढौ

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

काभ्रेपलाञ्चोक, २ कात्तिक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७… पुरा पढौ