आर्थिक 📈

नयाँ सहर आयोजनाः आठ वर्षमा रु ९५ करोड लगानी

दमौली (तनहुँ), १९ भदौ । नयाँ सहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२÷७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो । कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताए। आव २०७२÷७३ मा रु तीन करोड ७४ लाख विनियोजन भएकामा रु दुई करोड ३६ लाख,… पुरा पढौ

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

कञ्चनपुर, १९ भदौ । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा नगरपालिकाको झलारी, वनसमिति, कलुवापुरसँगै बेदकोट नगरपालिकाको दैजी र सिसैयाका व्यापारी र व्यवसायीले प्रयोगमा ल्याउने नाप तौलका यन्त्रहरूको अनुमति प्रदान गर्ने, जाँच गर्ने, पुनःजाँच गर्ने, अनियमित क्रियाकलाप गर्ने व्यापारी–व्यवसायीलाई कारबाही गर्ने अख्तियारीसहित डोर टोलीलाई सात दिनका लागि खटाइएको नापतौल कार्यालयका प्रमुख शम्भु आचार्यले जानकारी दिए । उनका… पुरा पढौ

बुधबार सुनको भाउ स्थिर, चाँदीमा गिरावट

काठमाडौं, १९ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेको जनाएको छ । चाँदीको भाउमा रुपैयाँ २० ले घटेको जानकारी गराएको छ । यसदिन छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । महासंघका… पुरा पढौ

जेबिएनएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा प्रविना पाण्डे नियुक्त

काठमाडाैं, १९ भदाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी जे.बि.एन.एल. सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रविना पाण्डे नियुक्त भई कार्यभार सम्हालेकी छन । पाण्डे बिगत १ दशक देखि धितोपत्र कारोबार सम्बन्धी क्षेत्रमा संलग्न भई व्यवस्थापन तहमा कार्यरत रहेकी थिइन । पाण्डेले फाइनान्समा एमबिए तहको शैक्षिक योग्यता हासिल गरेकी छन । उनको नेतृत्वमा संस्थाले थप प्रगति गर्ने अपेक्षा गरिएकाे छ । पुरा पढौ

४० अर्बको निक्षेप संकलनका लागि आज बोलकबोल

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले आज ४० अर्बको निक्षेप संकलनका लागि बोलकबोल आव्हान गरेको छ । मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार तोकिएका शर्तहरुको पालना गरी २१ दिनको लागि निक्षेप संकलन गर्न लागिएको हो । यसका लागि आज दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । लगानीकर्ताहरू अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल सहभागि हुन पाउनेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने भएको छ । साँवाब्याज भुक्तानी असोज ९ गते गरिने जनाइएकाे छ ।बैंकले घटीमा रुपैयाँ १० करोड… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ९६ पैसा बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा छ । स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४३ पैसा र… पुरा पढौ

नेप्सेमा ६.९० अंकको बृद्धि, साढे १३ अर्बको कारोबार

काठमाडौं, १८ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा सामान्य अंकले बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.०६ अंकले बढेर ५०४.८९ विन्दुमा रहेको छ । यसदिन ५ वटा उपसमूहहरुमा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ

सुपरमाई हाइड्रोपावरद्वारा १२.६३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, १८ भदाै । सुपरमाई हाइड्रोपावरले आज १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि १२.६३ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको हाे । यस कम्पनीको भदौ १७ गते साँझ बसेको सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०८० २०८१ काे खुद नाफाबाट ७ प्रतिशत बोनस सेयर तथा ५.६३ प्रतिशत नगद लाभांशसहित साे लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीकाे साे प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि तथा आगामी दशाैं साधारण सभाबाट… पुरा पढौ

सुनचाँदी खरिद गर्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

काठमाडौं, १८ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारकै भाउ कायम भई साेहि भाउमा कारोबार भईरहेको छ । छापावाल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावााल सुन तोलाको १ लाख ५२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । आज चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ… पुरा पढौ

यातायात कार्यालय वीरगञ्जद्वारा डेढ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १८ भदौ । यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०÷८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व सङ्कलन गरेको हो । यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। कार्यालयले आव २०७९÷८० मा भने रु एक अर्ब ३५… पुरा पढौ