आर्थिक 📈

ऊर्जा उत्पादकको मनोबल बढाउने काम गर्छाैं-अर्थमन्त्री पौडेल

काठमाडौं, १४ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा उत्पादकहरुको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँगको भेटमा अब बिजुली पुग्यो भन्ने अवस्थामा मुलुक नपुगिसकेकाले ऊर्जा उत्पादनकलाई हौसला दिनुपर्ने बताए । अर्थमन्त्री पौडेलले अहिले नेपालले बिजुली आयात र निर्यात दुवै गरिरहेको उल्लेख गर्दै प्रतिव्यक्ति विद्युत् खपत बढाउन अझ धेरै बिजुली आवश्यक हुने भएकाले निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको मनोबाल बढ्नेगरी काम गर्ने प्रतिवद्धता जनाए। भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले… पुरा पढौ

राष्ट्र बैंकद्वारा स्वाप कारोबार विनियमावली, २०८१ जारी

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो । विनियमावलीमा भएको व्यवस्थाअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टीबीच ‘खरिद–विक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ । यस्तो स्वाप… पुरा पढौ

मौद्रिक नीति बजारमा विश्वास जगाउने गरी आयाे : सिबिफिन

काठमाडौं, १३ साउन । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको मौद्रिक नीति सन्तुलित, समय सापेक्ष र बजारमा विश्वास जगाउने गरी आएको प्रतिक्रिया दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबारे आज प्रेस विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै सिबिफिनले शिथिल अर्थतन्त्रमा अब क्रमिक सुधार हुँदै जाने विश्वाससमेत व्यक्त गरेको छ । “मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण… पुरा पढौ

नेपाल बन्यो विद्युत् निर्याकर्ता, करिब १७ अर्बकाे विद्युत् निर्यात

काठमाडौं, १३ साउन । आर्थिक वर्ष २०८०/८१ मा रु १६ अर्ब ९३ करोड बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी रु १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डे अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको… पुरा पढौ

नेप्सेमा ११३.४२ अंकको बृद्धि, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, १३ साउन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । नेप्सेमा बितेका २६ महिना यताकै उच्च कारोबार भएको छ । आज मध्यान्हसम्म २७०८.५८ विन्दुसम्म उक्लिएको नेप्से परिसूचक बजार बन्द हुँदाको बेलामा भने २६८१.५६ विन्दुमा रोकिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा उक्लिदा नेप्सेमा ४.४१ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा रहेको नेप्सेले जनाएको छ । १३ उपसमूहहरुमध्ये एउटामा मात्रै… पुरा पढौ

नेप्सेमा दोस्रोपटक सकारात्मक सर्किट, सवा १२ बजेसम्म पाैने ३ अर्बको कारोबार

काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । अहिले सवा १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो… पुरा पढौ

कर्णालीका पर्यटकीय क्षेत्रबाट सवा २ करोड राजस्व सङ्कलन

कर्णाली, १३ साउन । कर्णाली प्रदेशका बिभिन्न पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ रूपैया राजस्व सङ्कलन गरेको छ । कर्णाली प्रदेश सरकारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट रु ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट रु ९० लाख ९० हजार, काक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो । उद्योग, पर्यटन, वन… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको् जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त]जाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले… पुरा पढौ

आज अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरोको भाउसहित अन्यकाे भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ… पुरा पढौ

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्ब

काठमाडौं, १३ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ । गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् ।… पुरा पढौ