आर्थिक 📈

गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : अर्थमन्त्री पौडेल

लुम्बिनी, १४ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरकानुनी व्यवसायलाई सरकारले छुट नदिने बताएका छन् । सरकारले व्यवसायीलाई दुःख नदिने र अमर्यादित व्यवहार नगर्ने पनि उनले स्पष्ट पारे । युवा उद्यमी मञ्च रुपन्देहीले आज रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार रहेको स्पष्ट पारे । उनले निजी क्षेत्रलाई निर्णय प्रक्रियामा पनि सहभागी गराउने बताउँदै भने, “निजी क्षेत्र माग्ने र सरकार दिने होइन, अब निजी क्षेत्रलाई निर्णय प्रक्रियामा सहभागी गराउँछौँ ।”… पुरा पढौ

शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ भदौ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सय र चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको… पुरा पढौ

अझै सञ्चालन भएन रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशन

म्याग्दी, १४ भदौ । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३÷११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो । छ वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत्… पुरा पढौ

महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग

भरतपुर (चितवन), १४ भदौ । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताए । उनले भने, “यहाँका किसानले उत्पादन गरेको… पुरा पढौ

अमेरिकी डलर र युरो दुवैको भाउ घट्यो, अन्यकाे कति ?

काठमाडौं, १४ भदौ । बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको थियो । हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ ।… पुरा पढौ

रुपाताल किनारमा २४ करोड लागतमा बन्यो पक्की सडक

कास्की, १४ भदौ । जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको हो । तालको किनारैकिनार बनेको सडकले तालमा पर्यटक आगमन वृद्धि भएको बताइन्छ । साविकको रूपाताल एकीकृत संरक्षण परियोजनाले रु २४ करोड ३५ लाख लागतमा रुपा गाउँपालिकाको खोला छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा सडक निर्माणका लागि २०७८ साल असार २३ गते डुकुचु कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो । सिँचाइ… पुरा पढौ

आज नेप्से ३६.८३ अंकले घट्याे, १२ अर्ब २४ करोडको काराेबार

काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर नकारात्मक लयमा गएको छ । एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम पनि अन्य दिनको तुलनामा सन्तोषजनक हुन सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा झरेको छ । नेप्सेमा १.३२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको सबै उपसमूहहरुमा राताम्मै भएका छन्… पुरा पढौ

बिहिबार सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

काठमाडौं, १३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनमा रुपैयाँ १ सयले बढेको जानकारी दिएको छ । चाँदीमा भने रुपैयाँ २५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा यसदिन… पुरा पढौ

यसकारण बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो

बागमती, १३ भदौ । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०÷८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार… पुरा पढौ

गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट साढे ३२ करोडको सिमेन्ट निर्यात

झापा, १३ भदौ । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उनले जानकारी दिए। यस नाकाबाट निर्यात… पुरा पढौ