आर्थिक 📈

नेप्सेमा सामान्य अंकको बृद्धि, कारोबार पौने १४ अर्बमा सिमित

काठमाडौं, १२ भदौ। निकै आरोह अबरोहको दबाबमा रहेको सेयर बजार अन्ततः आज बन्द हुँदाकाे समयमा भने सामान्य अंकले बढेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार सामान्य अंकले लयमा फर्किदा लगानीकर्ताहरुको पर्ख र हेरको धैर्यतामा ब्रेक लागेको छ । कारोबार रकम भने अन्य दिनहरुको तुलनामा घटेको छ। तर बजार बुलिङको चरणमा रहेकोले यस्ता करेक्सनहरु भईरहने र यो वर्ष नेपाली सेयर बजार बुलिङको चरणमै रहन सक्ने यस क्षेत्रका जानकारहरु बताउछन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक… पुरा पढौ

सुनमा रु ८ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, १२ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ८… पुरा पढौ

लघुवित्तका असल ऋणीलाई राहत: राष्ट्र बैंकले दियाे कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौं, १२ भदौ । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने सुविधा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गकाे इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस्तो सुविधाले लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएका असल ऋणीलाई थप सुविधा उपलब्ध हुनेछ । “नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार गरी त्यसबाहेकका परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित… पुरा पढौ

१० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, आजै बाेलकबाेल

काठमाडौं, १२ भदाै । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र बोलकबोलबाट १० अर्ब आन्तरिक ऋण उठाउदै छ । कार्यालयले ३ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८४ को बोलकबोलबाट साे आन्तरिक ऋण उठाउने भएकाे हाे । कायर्यालयका अनुसार विकास ऋणपत्र २०८४ को आज भदौ १२ गते बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म बोलकबोल हुने भएकाे छ । याे भदौ १३ गते भाेलि निष्कासन हुनेछ । सरकारले विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले… पुरा पढौ

हिमालय उर्जाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १२ भदाै । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर खुलाएको हो । कम्पनीले काल कायम भएको १ कित्ता बराबर नयाँ १ कित्ताको रेसियोमा हकप्रद खुलाएको हो । अर्थात कम्पनीले रुपैयाँ ९९ करोड बराबरको रुपैयाँ १०० अंकित दरमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । सेयर निष्काशनको प्रयोजनका लागि असार २० गते… पुरा पढौ

भदौ १३ देखि धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी हुँदै

धरान (सुनसरी), १२ भदौ स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन लागेको हो । सुनसरी उद्योग वाणिज्य सङ्घको ६१औँ स्थापना दिवसका अवसरमा पहिलो पटक महिला उद्यमी प्रदर्शनी मेला हुन लागेको आयोजकले जनाएको छ । आयोजक सङ्घको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजय श्रेष्ठले मेला भदौ १३ देखि १५ गतेसम्म सञ्चालन हुन लागेको जानकारी दिए । महिला उद्यमशीलतामा जोडिए पनि… पुरा पढौ

नेपालगञ्जमा प्रहरीले बरामद गरेकाे १ करोड बराबरकाे सुनचाँदी सार्वजनिक

नेपालगञ्ज, १२ भदौ । नेपाल प्रहरीले बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित ४ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।   नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक आसपासमा अवैध सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्ने क्रममा उक्त परिणामको अवैध सुनचाँदीसहित ४ जनालाई पक्राउ गरिएको हो । वडा नं २ स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुनचाँदी रिफाइन कारखानाबाट केही… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौं, १२ भदौ । आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो । त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ… पुरा पढौ

नेप्सेमा १११.९६ अंकको पहिरो, साढे १८ अर्बको कारोबार

काठमाडौं, ११ भदौ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा भारी मात्राको गिरावट भएको छ । एउटा बाहेक सबै सूचकहरु राताम्मै भएका छन् । कारोबार रकम भने सन्तोषजनक नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.९६ अंकले घटेर २७८२.६० विन्दुमा झरेको छ । नेप्सेमा ३.८६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा रहेको छ । यसदिन १३ वटा उपसमूहहरुमध्ये एक हाेटल तथा पर्यटन उपसमूह बाहेक सबै राताम्मै भएका छन् ।… पुरा पढौ

बागमती प्रदेशमा लक्ष्यभन्दा ९ अर्ब कम राजस्व सङ्कलन

बागमती, ११ भदौ । बागमती प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ९ अर्ब कम राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०/८१ मा लक्ष्यभन्दा ९ अर्ब ३ करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो । प्रदेश सरकारले आव २०८०÷८१ मा राजस्व बाँडफाँट शिर्षकबाट प्राप्त राजस्व, प्र्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु. ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान… पुरा पढौ