आर्थिक 📈

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने

काठमाडाैं, ३ साउन । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ । संस्थाको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९-८० को वोनस शेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको शेयर जारी गर्न लागेकाे हाे । सर्वसाधारण तर्फको जम्मा ६,६९,९००.२७ कित्ता साधारण शेयर थप सार्वजनिक निष्काशनको माध्यमबाट शेयर जारी गर्न आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको… पुरा पढौ

गरिमा विकास बैंकद्वारा अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सेवा सुरू

काठमाडाैं, ३ साउन । गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरू गरेको छ । यस विकास बैंकल फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय पर्यटक तथा ग्राहकलाई लक्षित गरी क्यूआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणालीको शुभारम्भ गरेको हो । यस सेवा अन्तर्गत, भारतीय ग्राहकहरुले बिएचआइएम र फोन पे लगायतका भारतीय भुक्तानी सेवा प्रदायकहरुबाट गरिमा विकास बैंकको क्यूआर कोड स्क्यान गरी नेपालका विभिन्न व्यापारिक स्थलहरुमा सुरक्षित र सुविधाजनक रुपमा रकम भुक्तानी गर्न सक्नेछन्… पुरा पढौ

बिहिबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबकारका लागि छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको जानकारी गराएको छ । छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर… पुरा पढौ

आरएसडिसी लघुवित्तकाे नाफा ३६.४७ प्रतिशतले बढ्याे

काठमाडौं, ३ साउन । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा बढाउन सफल भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३६.४७ प्रतिशतले बढेकाे छ। संस्थाले गत आर्थिक वर्षमा रुपैयाँ १४ करोड ६६ लाख खुद नाफा कमाएकाे छ। यो नाफा जाे अघिल्लो वर्षको सोही समयकाेभन्दा ३६.४७ प्रतिशतले बढी हाे । अघिल्लो आर्थिक वर्षमा साे नाफा रुपैयाँ १० करोड ७४ लाखमा सिमित थियाे । संस्थामा खुद ब्याज आम्दानी… पुरा पढौ

अनुसन्धानका लागि पर्याप्त बजेट प्राप्त नभएको गुनासो

चितवन, ३ साउन । विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक प्रा डा लालप्रसाद अम्गाईँले सरकारबाट पर्याप्त बजेट प्राप्त नहुँदा सोचेअनुरुप अनुसन्धानका काम गर्न नसकिएको बताएका छन् । विकसित मुलुकमा कुल बजेटको १० प्रतिशतसम्म अनुसन्धानमा खर्च गरिने भन्दै उनले हाम्रो मुलुकमा भने एक दशमलव पाँच प्रतिशत मात्र अनुसन्धानका लागि बजेट विनियोजन हुने गरेको बताए । राष्ट्रिय समाचार समितिका प्रतिनिधिसँग कुराकानी गर्दै उनले मुलुकका विभिन्न निकायले अनुसन्धानका काम गर्दै आएका भए पनि आपसमा समन्वयको अभाव रहेको बताए । उनले भने, “अनुसन्धानमा बजेट थप… पुरा पढौ

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं, ३ साउन । सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मार्गदर्शन परिपत्र गरेको हो । बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो । मार्गदर्शनअनुसार कुनै पनि निकायलाई… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४४ पैसा र बिक्रिदर… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा पोख्रेल नियुक्त

काठमाडाैं, २ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नायब प्रमुख कार्यकारी अधिकृतमा श्रीराम पोख्रेल नियुक्त भएका छन् । संस्थाले २०८१ श्रावण २ गतेदेखि लागू हुने गरि पोख्रेललाइ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे। नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पोख्रेलसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुकाे उच्च व्यवस्थापनमा रही नेतृत्वदायी भूमिकामा १३ वर्षभन्दा बढी कार्य गरेकाे अनुभव रहेको छ। वित्तीय संस्थाहरुको दीर्घकालीन व्यवसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका पोख्रेलले विगतमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था… पुरा पढौ

सेयर बजारको उछाल कायमै, १२ अर्ब बढीको कारोबार

काठमाडौं, २ साउन । बजारले रुचाएका अर्थमन्त्रीको पद वहालिपछी सेयरमा उछाल आउने क्रम रोकिएकोे छैन । यसअघि पनि तेश्राे पटकसम्म अर्थमन्त्री हुँदा बजार बुलिङ थियाे । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक ५४.४ अंकले बढेर २३६४.६३ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ । १३ वटै उपसमूहहरु सबैमा हरियाली छाएको छ । यसदिन कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ उनीहरुको ३ करोड २० लाख ९५ हजार… पुरा पढौ

यस कारण ७५ प्रतिशत अण्डा उत्पादक किसान विस्थापित

चितवन, २ साउन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उनले भने, “जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि… पुरा पढौ