आर्थिक 📈

राष्ट्र बैंकद्वारा १८ अर्बको निक्षेप संकलन गर्न बोलकबोल आह्वान

काठमाडौं, १८ भदौ । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बजारबाट १८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न ९० दिने निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको छ। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार उक्त ३ महिने निक्षेप संकलन उपकरणको बोलकबोल भदौ १८ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत हुनेछ। सोही दिन निष्काशन गरिने यस उपकरणको साँवा तथा ब्याज भुक्तानी मिति २०८३ मंसिर १६ गतेका लागि तोकिएको छ। बोलकबोलका मुख्य शर्त तथा विशेषताहरू: सहभागी हुन पाउने संस्थाहरू: राष्ट्र… पुरा पढौ

सोपान फर्मास्युटिकल्सको नाफामा ८२ प्रतिशत गिरावट

काठमाडौं, १८। सोपान फर्मास्युटिकल्स लिमिटेडको नाफामा उच्च गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आवको तुलनामा ८२ प्रतिशतले घटेको हो। वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ३ करोड ८२ लाख ८९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ७७ लाख ९१ हजार रुपैयाँ रहेको थियो। सञ्चालन आम्दानीमा भने सामान्य सुधार नाफामा ठूलो गिरावट आए पनि कम्पनीको कारोबार… पुरा पढौ

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी, १८ भदौ। बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।” बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारीखेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव… पुरा पढौ

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट

सुनसरी, १८ भदौ। नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला ? भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नैपर्छ भन्ने लाग्थ्यो । विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट आज सफल व्यावसायिक कृषकका रुपमा स्थापित हुनुभएको छ । कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको… पुरा पढौ

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ सुरू

चितवन, १८ भदौ। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो । साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ । श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १८ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७९ पैसा कायम… पुरा पढौ

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं, १८ भदौ। साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पाेरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’मा ग्यास भरेर (बोटलिङ) काठमाडाैं ल्याउने नीति लिएको हो । सो राजमार्ग अवरुद्ध हुँदा कर्पाेरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार: परिसूचक २५३८ विन्दुमा, कारोबार रकम पौने ३ अर्ब नाघ्यो

काठमाडौं, १७ भदाै। साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कको वृद्धि सहित बन्द भएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार पनि सामान्य अङ्कले बढेको नेप्सेले बुधबार पनि सोही निरन्तरता पाएको हो। यस दिन नेप्से परिसूचक १५.४४ अङ्कले बढेर २५३८.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.०२ अङ्क, फ्लोट इण्डेक्स १.२२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्कले बढेका छन्। नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। कुल ३५४ वटा कम्पनीको… पुरा पढौ

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि साढे २ करोड ५० लाख सहयोग

काठमाडौं, १७ भदौ। रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कर्मचारी सञ्चय कोषले रू. दुई करोड ५० लाख आर्थिक सहयोग गरेको छ । कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । कोष सञ्चालक समितिका अध्यक्ष भूपाल बराल, कोषका प्रशासक विजयकुमार श्रेष्ठलगायत कोषका वरिष्ठतम् अधिकृतहरूले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रू. दुई करोड ५० लाखको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको… पुरा पढौ

भारतबाट बढेर आए पनि नेपालमा पेट्राेलकाे भाउ यथावत

काठमाडौं, १७ भदाै । इण्डियन आयल कर्पोरेसन (IOC) बाट इन्धनको खरीद मूल्य बढेर आए तापनि नेपाल आयल निगमले उपभोक्ताका लागि साबिककै खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशीमा आएको असाधारण बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको भदौ १६ गतेको निर्णयानुसार भदौ १७ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य नबढाइएको हो। इण्डियन आयल कर्पोरेसनबाट भदौ १५ गते प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर रु. ३.३४, डिजेलमा रु. ४.३३, मट्टितेलमा रु. १०.१९, हवाई इन्धनमा प्रति… पुरा पढौ