आर्थिक 📈

मातृभूमिको विकासमा ढुक्क भएर लगानी गर्नुहोस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौं, १० साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका प्रवासी नेपालीहरूलाई मातृभूमिको आर्थिक विकास र समृद्धिमा लगानी गर्न आग्रह गर्नुभएको छ। अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूसँग शनिबार आयोजित एक 'भर्चुअल' छलफलमा उहाँले यस्तो आह्वान गर्नुभएको हो। मन्त्री वाग्लेको निजी सचिवालयका अनुसार, छलफलका क्रममा अर्थमन्त्रीले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको स्पष्ट धारणा रहेकाले यसमा पूर्ण विश्वस्त हुन प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभयो। प्रवासी नेपालीहरू मुलुकका सच्चा सद्भावनादूत (गुडविल एम्बेसडर) भएको उल्लेख गर्दै उहाँले देशको आर्थिक विकासमा प्रवासमा रहेका… पुरा पढौ

उद्योगीको बक्यौता छुट, सर्वसाधारणलाई भ्याटको भार-घिसिङ

काठमाडौं, १० साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत् महसुल असुलीमा सरकारले देखाएको मौनतामाथि गम्भीर प्रश्न उठाएका छन्। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत् महसुल असुलीमा सरकारले देखाएको मौनतामाथि गम्भीर प्रश्न उठाए हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनलाई प्राथमिकता दिएको दाबी गर्ने सरकारले यस विषयमा देशवासीलाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। घिसिङले लोडसेडिङको कठिन समयमा विशेष सुविधा लिएका उद्योगहरूले तिर्नुपर्ने प्रिमियम महसुलको… पुरा पढौ

सिवाईसी नेपाल लघुवित्तको एजिएम साउन ३० मा: मर्जर र प्राप्तिको प्रस्ताव मुख्य एजेन्डा

काठमाडौं, १० साउन। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। साउन ८ गते बसेको संस्थाको सञ्चालक समिति बैठकले पोखरास्थित होटल दिपसागरमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो। यस वर्षको साधारण सभामा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव लैजान लागिएको छ। उक्त प्रस्ताव पारित भएपछि संस्थाले सम्भावित मर्जर तथा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, १० साउन। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा… पुरा पढौ

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंक, भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं, ९ साउन। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ । भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्रअनुसार संशोधित व्यवस्थाबमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ । त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल ‘एप्लिकेसन’ वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा… पुरा पढौ

ट्राफिक प्रहरीद्वारा साढे एक करोड बढी राजश्व सङ्कलन

दाङ, ९ साउन। ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२।०८३मा ट्राफिक नियम पालना नगर्ने १४ हजारबढी सवारी साधनलाई कारवाही गरेको छ । एक वर्षका अवधिमा १४ हजार ५६३ वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड ५२ लाख ६० हजार, ५०० रुपैया राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक रहेका छन् । सो अवधीमा छ हजारभन्दा बढी मोटरसाइकल चालकलाई कारवाही गरिएको छ । जिल्लामा वितेको आर्थिक… पुरा पढौ

ओटिसी बजारका लागि ऐतिहासिक बन्यो आव २०८२/८३: ५ अर्ब ६२ करोडको शेयर कारोबार

काठमाडौं, ९ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नभएका सार्वजनिक लिमिटेड कम्पनीहरूको शेयर किनबेच हुने ओभर द काउन्टर (ओटिसी) बजारका लागि आर्थिक वर्ष २०८२/८३ ऐतिहासिक वर्ष सावित भएको छ। जलविद्युत, औषधि, सूचना प्रविधि र धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूको वर्चस्व रहेको यस बजारमा गत वर्ष अर्बौँ रुपैयाँको कारोबार भएको छ। गत आर्थिक वर्षभरिमा ओटिसी बजारमार्फत कुल २ करोड ५ लाख ५३ हजार १९७ कित्ता शेयर किनबेच भएका छन्। यस कारोबारबाट कुल ५ अर्ब ६२ करोड ४४ लाख ७२ हजार… पुरा पढौ

आव २०८२/८३ मा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर, ९ साउन। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार,… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, ९ साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा कायम… पुरा पढौ

सञ्चय कोषद्वारा एक रु अर्ब ६९ करोड १९ लाख प्रवाह

विराटनगर, ८ साउन। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ । जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ । सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४०… पुरा पढौ