काठमाडौं, १६ भदाै। भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवासहितका विभिन्न क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले विशेष सहयोगको घोषणा गरेको छ। कम्पनीले नेपाल सरकारसँगको आवश्यक समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। यस सहयोग अन्तर्गत कम्पनीले कुल ११ हजार बोरा सिमेन्ट वितरण गर्नेछ। यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले पनि विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा…
पुरा पढौ