आर्थिक 📈

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम, २० भदौ। परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाउनुभएको छ । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आउनुभएको छ । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले १८ रोपनी बारीमा ३०० वटा रुद्राक्षका बोट रोप्नुभएको छ । विस २०७३ सालमा सङ्खुवासभाबाट प्रतिगोटा रु २०० का दरले बिरुवा खरिद गरेर रुद्राक्ष रोपेको उहाँले बताउनुभयो ।… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २० भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम… पुरा पढौ

सानिमा बैंकले डाक्याे २२ औं एजिएम, लभांश पारित गरिने

काठमाडौं, १९ भदाै । सानिमा बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने गरी सभा डाकेको हो। सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीहरूका लागि चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारितका लागि पेश गरिनेछ। त्यसैगरी, अविमोच्य असञ्चिति अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) सेयर बाँडफाँट भएको मितिदेखि… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रबिन सिंजापति नियुक्त

काठमाडौँ,१९ भदौ । बालुवाटारमा केन्द्रीय कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रबिन सिंजापति नियुक्त भएका छन्। आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि बैंकको सिईओको रुपमा सुयोग श्रेष्ठले नेतृत्व गरेका थिए । नवनियुक्त सिईओ सिंजापती यसअधि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध थिए । गत असारबाट उनले सो बैंकबाट राजिनामा दिएका थिए । पुरा पढौ

एफडिआई ३ खर्ब ४० अर्ब, बागमतीमै ६४ प्रतिशत लगानी

काठमाडौं, १९ भदाै । आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को अन्त्यसम्ममा नेपालमा कुल वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) अघिल्लो आर्थिक वर्षको तुलनामा २.१ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ४० अर्ब (रु. ३३९.८५ अर्ब) पुगेको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको 'वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८१/८२' अनुसार कम्पनीहरूको चुक्ता पुँजी तथा सञ्चित कमाइमा भएको वृद्धिका कारण लगानीको कुल आकार बढेको हो। समीक्षा वर्षमा कुल वैदेशिक प्रत्यक्ष लगानी भित्र्यावट १२ अर्ब रुपैयाँ रहे पनि लगानी लाभांश तथा… पुरा पढौ

एफवान सफ्ट ग्रुपद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग

काठमाडौं, १९ भदौ। हालै आएको बाढीले प्रभावित व्यक्ति, परिवार तथा समुदायकाे सहयाेगार्थ एफ वान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३५ लाख सहयोग गरेको छ। ग्रुप अन्तर्गतका इसेवा, फोनपे, एफ वान सफ्ट इन्टरनेशनल, र ईसेवा मनि ट्रान्सफर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा याे सहयाेग गरिएकाे हाे । कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरू सँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले यो योगदान गरिएको बताइएकाे छ।… पुरा पढौ

चिनीको अभाव र मूल्यवृद्धि रोक्न २५ हजार टन चिनी ल्याउन स्वीकृति

काठमाडौं, १९ भदाै । सरकारले आगामी चाडपर्व (दशैँ, तिहार तथा छठ) लाई लक्षित गरी १ प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले सरकारी स्वामित्वमा रहेका साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत उक्त परिमाणको चिनी आयात गर्न दिने निर्णय गरेको हो। चाडपर्वका बेला हुन सक्ने चिनीको सम्भावित अभाव र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले यो कदम चालेको हो। सरकारको यस निर्णयलाई नेपाल चिनी उद्योग संघका साथै अन्य सरोकारवालाहरूले… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १९ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ १६ पैसा कायम… पुरा पढौ

नेप्सेमा लगातार सुधार, कारोबार साढे ३ अर्ब नाघ्यो

काठमाडौं, १८ भदाै । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकको सुधारसहित बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि जारी हरियालीलाई निरन्तरता दिँदै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेको छ। यस दिन अन्य प्रमुख सूचकहरूमा पनि सामान्य वृद्धि देखिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेका छन्। कारोबार रकममा वृद्धि नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि राम्रो सुधार आएको छ। बुधबार २ अर्ब ९४ करोड… पुरा पढौ

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’

चितवन, १८ भदौ। दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ । संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब… पुरा पढौ