आर्थिक 📈

नेप्से परिसूचक ४७ दशमलव ४ अङ्कले बढ्यो

काठमाडौं, १८ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो । आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जानकारी दिएको छ । छापावाल सुनमा रुपैयाँ १ सियले बढेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर… पुरा पढौ

आज अमेरिकी डलर र यूराेको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २१ पैसा र बिक्रिदर… पुरा पढौ

लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सकाे एजिएम आज बस्दै

काठमाडौं, १८ असार । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न नेपाल लाइफ इन्स्योरेन्सकाे साधारण सभा आज असार १८ गते बस्दैछ । कम्पनीकाे २३ औँ र २४ औँ वार्षिक साधारण सभा एकैपटक डाकिएकाे हाे । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने लाभांशकाे प्रस्ताव अनुमाेदनका लागि साधारण सभा बाेलाएकाे हाे । सभा होटल भिष्वा, वीरगञ्ज, पर्सामा साे दिन बिहान ९ बजे बाेलाइएकाे छ। सभाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे ५ । यस्तै संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३… पुरा पढौ

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम

चितवन, १८ असार । भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ ।… पुरा पढौ

डिप्रोक्सको सहयोगमा ६० हजारले लिए वित्तीय साक्षरता कक्षा

काठमाडौं, १८ असार । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोगगरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धिगरी भविष्यमा सहज जीविकोपार्जन गराउने उद्देश्यका साथ सञ्चालित वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ । सो कार्यक्रमअन्तर्गत सूचनामा पहुँच, सीपयुक्त जनशक्तिको विकास, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतालगायत क्षेत्रमा विभिन्न क्रियाकलाप हुँदै आएका छन् । सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको क्षेत्रमा डिप्रोक्स–नेपालले प्राविधिक साझेदारका रुपमा सन् २०१९ देखि कार्य गर्दै आइएको छ । डिप्रोक्सले वैदेशिक रोजगारमा रहेका विप्रेषण प्राप्त घरपरिवारका सदस्यलाई लक्षित गरी… पुरा पढौ

नेप्सेमा १६.२९ अंकको बृद्धि, २ अर्ब ९९ करोडको कारोबार

काठमाडौं, १७ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०१ अंकले घटेर ३६१.७७ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३२३ कम्पनीहरुको सेयर कारोबार भएको छ… पुरा पढौ

सोमबार सुनमा रु २ सयले बृद्धि, चाँदीको भाउ स्थिर

काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदी शक्रबारकै भाउमा कारोबार भईरहेको छ । छापावाल सुन यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि… पुरा पढौ

टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर (कैलाली), १७ असार । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरे । यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल, पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी छन् । यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल,… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्रिदर १… पुरा पढौ