आर्थिक 📈

निकुञ्जका लागि बजेट कम, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती

चितवन, २१ असार । चितवन राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तु संरक्षणका निम्ति पर्याप्त बजेट विनियोजन नहुँदा चुनौती थपिएको छ । दुर्लभ वन्यजन्तु संरक्षण कठिन बन्दै गएको छ भने निकुञ्ज र जनताबीचको द्वन्द्व बढ्ने जोखिम पनि बढेको छ । निकुञ्जमा संरक्षण गर्नुपर्ने गोही, बाघ, घाइते गैँडालगायत वन्यजन्तुको पालनपोषणमा कम बजेट विनियोजन गरिएपछि समस्या देखिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार प्रजनन केन्द्रमा पालिएका गोही र उद्धार गरी खोरमा राखिएका बाघको आहारा र रेखदेख गर्न एक वर्षमा रु… पुरा पढौ

निःशुल्क शिक्षामा थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याइन्। शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उनले… पुरा पढौ

सुनको भाउ बढ्दै, तोलाको १ लाख ४४ हजार ३ सय

काठमाडौं, २१ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी गराएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर… पुरा पढौ

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

गण्डकी, २१ असार । पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ । एम्बुलेन्सले महानगरपालिकाका ग्रामीण बस्तीमा भएका उत्पादनको सहज बजारीकरण गर्न सहयोग पु-याएको छ । फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजना र पोखरा महानगरपालिकाको सहकार्यमा रु ३६ लाख लागतमा खरिद गरिएको कृषि एम्बुलेन्सले गत वर्ष वैशाख ५ गतेदेखि सेवा सुरुआत गरेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। कृषि एम्बुलेन्समार्फत हाल पोखरा महानगरपालिका वडा नं २२ पुम्दी भुम्दी, वडा नं २३… पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्रिदर १… पुरा पढौ

एनएमबि लघुवित्तकाे साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं, २१ असार। एनएमबि लघुवित्त वित्तीय संस्थाको ११ औं वार्षिक साधारण सभा आज पोखरामा बस्दैछ । सभा होटल बाराही पोखरामा बिहान ११ः३० बजे डाकिएकाे छ। सभाबाट संस्थापक सेयरधनीहरुबाट १ जना र सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । यस्तै  स्वतन्त्र सञ्चालक र बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक पनि चयन गरिने भएकाे छ।  सभाले अन्य उपयुक्त लागेका वित्तीय संस्थासँग मर्जरमा जाने भए त्यसकाे कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई… पुरा पढौ

ईयूको सहयोगमा क्रिएसनको १ करोड २० लाख अनुदान

काठमाडौं, २० असार । युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत प्लास्टिकजन्य फोहरमैला उद्यम व्यवस्थापनका लागि रु एक करोड २० लाख बराबरको अनुदान रकम दिइने भएको छ । युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजनाअन्तर्गत तीन प्रदेशका छ निजीस्तरमा प्लास्टिकजन्य फोहरमैला उद्यमलाई सो अनुदान प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । वाग्मती प्रदेशबाट तीन, मधेस प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा छ प्लास्टिकजन्य फोहरमैला उद्यम सञ्चालन गरिरहेका निजी संस्थालाई मूल्याकङ्नका… पुरा पढौ

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिँदैछौँः मन्त्री बस्नेत

काठमाडौं, २० असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई कानुनी व्यवस्थासहित विद्युत् व्यापारमा संलग्न गराउन लागिएको बताएका छन्। विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइका सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री बस्नेतले कानुनी व्यवस्था गरेर सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिका लागि आवश्यक व्यवस्था गर्न लागिएको जानकारी दिए। विद्युत् उत्पादनका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको निजी क्षेत्रलाई नेपालमा खपत भएर बढी हुने अतिरिक्त विद्युत् निर्यातका लागि अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ… पुरा पढौ

उकालो यात्रामा नेप्से, ६ अर्ब ४८ करोडको कारोबार

काठमाडौं, २० असार । ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ समिकरण बनेपछि उकालो लागेको सेयर बजारको यात्राले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारमा देखिएको सकारात्मक लयले लगानीकर्तामा उत्साह थपिएको छ भने कुल कारोबार पनि उत्साहजनक भईरहेको छ । नयाँ अर्थमन्त्रीमा बजारमैत्री र बजारले रुचाएका पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल नयाँ गठबन्धनबाट सरकारको अर्थमन्त्री बन्ने चर्चा चलेसंगै अर्थ बजार उकालोतर्फ गईरहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार… पुरा पढौ

किन घट्दैछ वीरगञ्ज भन्सारको राजस्व ? (आलेख)

वीरगञ्ज, २० असार । मुलुकको सबैभन्दा ठूलो व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयबाट हुने आयात खुम्चिएसँगै राजस्व सङ्कलन पनि उत्साहजनक देखिएको छैन । यो कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा रु पाँच खर्ब ५२ अर्ब ९५ करोड रकम बराबरको वस्तु तथा सामान आयात भयो । जबकि गत वर्षको सोही अवधिमा भने रु छ खर्ब ४४ अर्ब छ करोड बराबरको आयात भएको थियो । चालु आवको ११ महिनामा मात्रै गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १५ प्रतिशत अर्थात् रु… पुरा पढौ