आर्थिक 📈

लगानी सम्मेलनमा सोकेसमा राखिएका १२ परियोजनाको आशयपत्र माग गर्ने समय थप

काठमाडौं, १९ जेठ । गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना भएको तेस्रो लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएकामध्ये १२ वटा परियोजनाको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट-इओआई) माग गर्ने समय थपिएको छ । लगानी बोर्डका अनुसार लगानीकर्तालाई आशयपत्र पेस गर्न थप ३० दिनको समय दिइएको छ । “आशयपत्र माग गर्ने समय बढाउँदा थप आशयपत्र आउनसक्ने र प्रतिस्पर्धा हुने भएकाले यस्तो निर्णय भएको हो”, बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले भने। लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन दु्तमार्ग, जानकी… पुरा पढौ

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्छ-डा वाग्ले

डुम्रे (तनहुँ), १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले युवा रोजगारीका लागि विदेशिने क्रम रोक्न स्थानीयस्तरमा अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा सांसद वाग्लेले सरकारले प्राथमिकता साथ स्वरोजगार तथा सीपमूलक तालिकको व्यवस्था गर्दै अवसर सिर्जना गरी युवा विदेशपलायन हुने दर न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । वर्षात्मा पृथ्वी राजमार्गमा यात्रा गर्दा सास्ती हुने गुनासो आएपछि वर्षा अगावै सडक विस्तारको काम द्रूत गतिमा गराइने सांसद वाग्लेले बताए । राजमार्गको पूर्वी खण्डमा… पुरा पढौ

पेट्रोलमा रू ३, डिजेल र मट्टीतेलमा रू १ ले घट्याे भाउ

काठमाडौं, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ । निगमद्वारा जारी प्रेस विज्ञप्तिमा आज बिहानदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु… पुरा पढौ

बजेट आएसंगै बुटवल-भैरहवा करिडोरका उद्योगी उत्साहित

भैरहवा (रुपन्देही), १८ जेठ । बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए। “केही समययता बन्द रहेको उद्योग सञ्चालनका लागि तयारी गरिरहेका थियौँ, सरकारले बजेटमार्फत थप सहज बनाइदिएपछि हामीजस्ता उद्योगीलाई हर्षित बनाएको छ । अब चाँडै उद्योग सञ्चालन गर्छौं”, उनले भने। गोयन्काले मात्र हैन, रुपन्देहीमै रहेको एसआर स्टिल, गोयन्का स्टिललगायतका उद्योग सञ्चालक पनि अहिले उत्साहित भएका छन्… पुरा पढौ

सुनकाे भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ४२ हजार नाघ्याे

काठमाडौं, १८ जेठ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुनको भाउ बढेकाे छ भने चाँदीको भाउ घटेको छ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा १७ सयले बृद्धि भएको छ। उता चाँदीको भाउ २५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १७ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै युरोको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २ पैसा र… पुरा पढौ

कुमारी बैंकको सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १८ जेठ । कुमारी बैंकको संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । बैंकले ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएकाे छ । लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। लिलामी सेयरका लागि बैंकका संस्थापक सेयरधनीहरू तथा अन्य व्यक्ति, कम्पनी र संघ संस्थाहरूले आवेदन दिन पाउनेछन् ।  आवेदकले घटीमा १०० रुपैयाँ वा त्याेभन्दा बढी मूल्यमा बाेलकबोल गरेर गाेप्य शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।यसका लागि लगानीकर्ताले घटीमा १०० तथा बढीमा सबै… पुरा पढौ

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी, १८ जेठ । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन् । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध छन्। उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए। पुरा पढौ

कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहन्छ: कृषि मन्त्रालय

काठमाडौं, १७ जेठ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि तथा पशुपंक्षी बीमा निरन्तर रहने जनाएको छ । कृषिमन्त्री ज्वालाकुमारी साहको अध्यक्षतामा आज मन्त्रालयमा सरोकार भएका निकायसहित बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता शवनम शिवाकोटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा मन्त्रालयका सचिवद्वय डा दिपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्र, नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घसहितको बैठकले पशुपंक्षी तथा जडिबुटी बीमाको अनुदान बक्यौता रकम भुक्तानी तथा विसं २०८० चैत १ गतेदेखि स्थगन भएको बीमासम्बन्धी छलफल भएको थियो । छलफलमा… पुरा पढौ

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा स्कूल ब्याग वितरण

काठमाडौं, १७ जेठ। गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ललितपुर महानगरपालिका वडा नं.२२ काे क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आज स्कूल ब्याग वितरण गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेको बताएकाे छ। साे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी,सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको समुपस्थिति… पुरा पढौ