आर्थिक 📈

डेढ अर्ब ठगीको आरोपमा पक्राउ परेका लामा सार्वजनिक

काठमाडौं, २० जेठ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सिबी लामालाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ । लामाविरुद्ध कान्तिपुर बचत तथा ऋण सहकारी लिमिटेडमा रहेको बचतकर्ताको रु एक अर्ब ५१ करोड ठगी गरेको भन्दै आठ सय ५२ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही दिनअघि पक्राउ परेका उनलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सिबी लामा भनिने ४९ वर्षे चन्द्रबहादुर तामाङ काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-५ घर भई हाल ललितपुरको बालकुमारीस्थित वस्टेर्न… पुरा पढौ

बजेटले भान्साको मूल्य कम गर्छ : सांसद पराजुली

काठमाडौं, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले सरकारले ल्याएको बजेटले भान्साको मूल्य केही हदसम्म भए पनि घटाउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा सांसद पराजुलीले भने, “बजेटले महँगीको मारमा परेका किसानको मुहारमा खुसी ल्याएको छ । बजेटमा आलु र प्याजमा लगाइएको कर छुटले नागरिकमा खुसी जगाएको छ ।” सांसद पराजुलीले सूचना प्रविधिलाई उद्योगका रुपमा पहिचान गरी उद्योग स्थापना गर्न… पुरा पढौ

प्रभु बैंकका ग्राहकले न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा छुट पाउने

काठमाडाैं, २० जेठ । प्रभु बैँकका ग्राहक तथा कर्मचारीले बाग्लुङ्गकाे न्यु होटल पिस प्यालेस र होटल दि राजनमा बिशेष छुट पाउने भएका छन । छुट्टाछुट्टै समारोहका बिच साे सम्बन्धी सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी र होटल दि राजनका सञ्चालक एन्जिल शाक्य तथा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगर ले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा… पुरा पढौ

नेप्सेमा १३.५१ अंकको बृद्धि, ४ अर्ब ३१ करोडको काराेबार

काठमाडौं, २० जेठ । आर्थिक वर्ष २०८१÷०८२ को नयाँ बजेट घोषणा भएदेखि करेक्सनमा गएको सेयर बजारमा आज सकारात्मक माहोल देखिएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली सेयर बजारमा १३.५१ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से २०८३.०४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६५ प्रतिशतले बृछि हुँदा सेन्सेटिभ इण्डेक्स १.४५ अंकले बढेर ३७१.६५ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा भने हरियो लागेको छ ।… पुरा पढौ

यसपटक सन्तुलित बजेट आएको टिप्पणी छ : अर्थमन्त्री पुन

काठमाडौं, २० जेठ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरे । प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिए। अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताए । उनले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै… पुरा पढौ

सम्पर्कमा नआउने सहकारी खारेजी गर्न विज्ञकाे सुझाव

काठमाडौं, २० जेठ । काठमाडौं महानगरपालिका कार्य क्षेत्र भइ सम्पर्कमा नआएका करिब नौ सय सहकारीको दर्ता खारेजी गर्न विज्ञले सुझाव दिनुभएको छ । “पहिले परिपत्र गर्नु, त्यसको जवाफ प्राप्त भएन भने ठेगाना उल्लेख गरेर सञ्चालक, सदस्य, बचतकर्ताहरुका नाममा सम्पर्क गर्न सार्वजनिक सूचना जारी गर्नु, यति गर्दा पनि कोही सम्पर्कमा आएनन् भने खारेजीको प्रक्रियामा लैजानु”, सहकारीविज्ञ काशिराज दाहालले भने, “यो सहकारी समस्या समाधानका लागि थाल्नुपर्ने प्रक्रिया हो ।” उक्त प्रक्रिया अवलम्बन गर्न थालेपछि सरोकारवाला सम्पर्कमा आउने र सञ्चालक नआए बचतकर्ता सम्पर्कमा… पुरा पढौ

सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्छ : सांसद थापा

काठमाडौं, २० जेठ । प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे। यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए । “यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघे छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ २५ ले भाउ घटेको जानकारी दिएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख… पुरा पढौ

आज अमेरिकी डलर र यूरोसहित अन्यको भाउ स्थिर

कामाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । साथै युरो लगायत अन्यको भाउ पनि स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३… पुरा पढौ

अभियान लघुवित्तकाे चौंथो साधारण सभा असार ६ गते

काठमाडाैं, २० जेठ। काभ्रेकाे पनाैतीमा रहेकाे अभियान लघुवित्त वित्तीय संस्थाकाे चौँथो वार्षिक साधारण सभा असार ६ गते बाेलाइएकाे छ । साधारण सभामा सहभागी हुनका लागि सेयरधनीहरूले आजसम्म नेप्सेम सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरू मात्रै साधारण सभामा भाग लिनका लागि याेग्य मानिनेछन् । यसपटक संस्थाले लाभांश वितरणकाे प्रस्ताव गरेकाे छैन । संस्थाकाे जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा असार ६ गते काभ्रेपलान्चोकको पनौतीमा रहेकाे ताम्राकार पार्टी भेन्युमा हुने निर्णय गरेकाे हाे। साधारण… पुरा पढौ