आर्थिक 📈

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यमा ४६ लाख अमेरिकी डलरको आयोजना शुरू

काठमाडौं, ९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले संयुक्त रूपमा लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य आयोजनाको शुभारम्भ गरेका छन्। त्रिवर्षीय यो आयोजनाले कोशी र लुम्बिनी प्रदेशका छवटा नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायताजस्ता लैङ्गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवाहरूमा महिला तथा बालिकाको पहुँच बढाउन मद्दत गर्नेछ । लैङ्गिक हिंसापीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा सहज पहुँचमार्फत लाभान्वित गराउने आयोजनाको लक्ष्य रहेको महिला, बालबालिका… पुरा पढौ

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमाडौं, ९ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको जनाएको हो । श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआत मात्रै भएको र यसले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे। उनले आगामी… पुरा पढौ

फिनल्याण्डले नेपालको जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड अनुदान दिने

काठमाडौ‌, ८ जेठ । फिनल्याण्ड सरकारले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा साे आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हाे । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरे। गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो । सम्झौताअनुसार फिनल्याण्डले नेपाललाई १३ मिलियन यूरो अर्थात एक… पुरा पढौ

नेप्से २३.९४ अंकले बढ्याे, ५ अर्ब २० करोडको कारोबार

काठमाडौं, ८ जेठ । लगातार तेश्रो दिनपनि नेपाली सेयर उकालोको यात्रामा गएको छ । सेयर बजारमा सकारात्मक वातावरण माहोल देखिदा लगानीकर्ताहरुको मनोबल बढेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा २३.९४ अंकको बृद्धि भएको छ । योसंगै नेप्से २११५.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.१४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.५३ अंकले बढेर ३७७.६० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ३२ लाख… पुरा पढौ

सुन तोलामा रु १२ सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, ८ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा यसदिन रुपैयाँ १२ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

चालु आवकाे वैशाखसम्म मुलुकलाई पाैने १२ खर्बकाे व्यापार घाटा

काठमाडौं, ८ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो । विभागका अनुसार चालु आवको १० महिनामा रु १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूराेसहित अन्यको घट्यो

काठमाडौं, ८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोसहित अन्य केहिको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ… पुरा पढौ

वीरगञ्ज महानगरद्वारा रू ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज, (पर्सा) ८ जेठ । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ लाख ९८ हजार २९ रकम बढी सङ्कलन गरेको हो । महानगरले गत आवको १० महिनामा रु ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट… पुरा पढौ

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी

कर्णाली, ८ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्थित बैंक तथा वित्तीय संस्था, उद्योग व्यवसायी, पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा गभर्नर अधिकारीले भेरी र कर्णाली करिडोर बनाउँदा अर्थतन्त्र चलायमान हुने बताए । उनले अब कर्णालीमा करिब रु एक अर्ब बजेट खर्च गर्न थालिएको बताए। गभर्नर अधिकारीले भने, “कर्णालीको भूगोल सबैभन्दा ठूलो छ । तर कर्जा सुविधा… पुरा पढौ

महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै

बागमती, ८ जेठ । केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको छ । सरकारले महिला सञ्चालक भएको उद्योग व्यवसाय दर्तामा ५० प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि महिलालाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको हो । हाल दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ । जसमध्ये करिब ७० प्रतिशत महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए। पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर… पुरा पढौ