आर्थिक 📈

पूर्वसूचना प्रणाली कार्यान्वयन गर्न रु ८१ अर्ब लाग्ने

काठमाडौं, ७ जेठ । बहुप्रकोपिय पूर्वसूचना प्रणाली प्रवर्द्धनका लागि करिब ८१ अर्ब चार करोड ८० हजार (६१४ मिलियन अमेरिकी डलर) लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । विभिन्न प्राकृतिक प्रकोपका पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित धनजनको क्षति न्यूनीकरण गर्ने लक्ष्यका बहुप्रकोपिय पूर्वसूचनाा प्रणालीलाई एकीकृत गर्ने सरकारी रणनीति कार्यान्वयन गर्न लागत लाग्ने अनुमान गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउनका लागि तयारी भइरहेको जनाउँदै यसका लागि रु ८१ अर्ब लागत लाग्ने… पुरा पढौ

नेप्से २७.५४ अंकले बढ्याे, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं, ७ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन पनि सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.३१ अंकले बढेर ३७४.०७ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड… पुरा पढौ

सुनको भाउमा फेरी नयाँ रेकर्ड, तोलाको १ लाख ४१ हजार ८ सय

काठमाडौं, ७ जेठ । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । आज फेरी सुनचाँदीको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचँदी बजारमा सुनचाँदीको भाउ बढेर सो नयाँ रेकर्ड कायम भएको हो । यसदिन छापावाल सुनमा रुपैयाँ ९ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ३० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको छ । छापावाल सुनमा रुपैयाँ ९ सयले बढेर तोलाको १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार… पुरा पढौ

आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोसहित अन्य केहिको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४ पैसा… पुरा पढौ

लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्याे एजिएम

काठमाडौं, ७ जेठ । लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि सन नेपाल लाइफ इन्स्याेरेन्सकाे साधारण सभा जेठ ९ गते बाेलाइएकाे छ । कम्पनीकाे साधारण सभा कालिकास्थान काठमाडौंमामा रहेकाे अमृतभोगमा बिहान १० बजे बाेलाइएकाे छ । सभाले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.२५ प्रतिशत नगद लाभांशसहित २५.०५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । सभाबाट बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा १ः०.२७ काे रेसियाेमा हकप्रद सेयर खुलाउने प्रस्ताव पारित गरिनेछ । यस्तै आर्थिक वर्ष २०७९–८०… पुरा पढौ

नेपालमा बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं, ७ जेठ । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।… पुरा पढौ

राजस्व कार्यालय वीरगञ्जमा साढे पाँच अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ६ जेठ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८०/ ८१ को १० महिनामा रु साढे पाँच अर्बभन्दा धेरै रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवको १० महिनामा मूल्य अभिवृद्धि कर सङ्कलन उत्साहजनक देखिए पनि अन्तःशुल्क कर भने अपेक्षाकृत ढङ्गले सङ्कलन हुन सकिरहेको छैन । आन्तरिक राजस्व कार्यालय वीरगञ्जका प्रमुख कर अधिकृत ढाकाराम तिवारीले कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबै शीर्षकमा रु पाँच अर्ब ५८ करोड ९६ लाख ५० हजार राजस्व असुली गरेको… पुरा पढौ

नेप्सेमा ४५.६९ अंककाे बृद्धि, ५ अर्ब २५ कराेडकाे काराेबार

काठमाडाैं, ६ जेठ । साताको सेयर काराेबार हुने पहिलो दिन आज आइतबार नेपालि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेपाल राष्ट्र बैंककाे माैद्रिक नीतिकाे समिक्षापछि सेयर बजारमा देखिएकाे पहिलाे राैनक हाे । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा उक्लिएकाे छ। नेप्से परिसूचक २.२६ प्रतिशत बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३९ अंकले बढेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानीका लागि सहज वातावरण बनाएपछि सेयर बजारमा राैनकता छाएकाे अनुमान गरिएकाे छ ।… पुरा पढौ

मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ६ जेठ । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा रु एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष रु एक करोड ८७ लाख १३ हजार कम राजस्व सङ्कलन भएको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ । उनले भने, “पछिल्लो समय भेनियस… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले विविध कार्यक्रम गरी १२औं वार्षिकोत्सव मनायाे

पोखरा, ६ जेठ। पोखरा २६ बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विविध कार्यक्रम गरी स्थापनाको १२औं वार्षिकोत्सव मनाएको छ। ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७०-०२-०५ गते स्थापना भएको संस्थाले शनिबार १२औं वार्षिकोत्सव मनाएकाे हाे। वार्षिकोत्सवकाे उपलक्ष्यमा संस्थाले बिभिन्न शाखा तथा केन्द्रीय कार्यालयको कार्यक्षेत्र भित्र विविध कार्यक्रम… पुरा पढौ