आर्थिक 📈

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

काठमाडौं, ३० चैत । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए। उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो । “युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ”, उनले भने, “यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम… पुरा पढौ

यी ३ लघुवित्तकाे एजिएम आज, कस्ता छन् एजेण्डा ?

काठमाडौं, ३० चैत । तीनवटा लघुवित्त वित्तीय संस्थाकाे आज साधारण सभा बस्दैछ । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सभा काभ्रेपलान्चोक बनेपामा रहेकाे होटल उग्रचण्डीमा बिहान बिहान १०.३० बजे बाेलाइएकाे छ । सभामा यसपटक लाभांशकाे प्रस्ताव छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतका एजेण्डाहरुमाथि छलफल गरी अनुमाेदन गरिने भएकाे छ । यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा बुटवल… पुरा पढौ

शुक्रबार अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहति अन्य केहिको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८० पैसा… पुरा पढौ

विदेशी लगानीकर्तालाई सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए। प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे। प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग समेत भेटवार्ता गरेको थियो । उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष… पुरा पढौ

रु ४८ करोड भुक्तानी नभए आन्दोलनमा जाने दुग्ध किसानको चेतावनी

हेटौँडा, २९ चैत । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग रु ४८ करोड भुक्तानी लिन बाँकी रहेको जनाएको छ । सङ्घले किसानलाई सो बराबरको रकम समयमै भुक्तानी नभए आफूहरू आन्दोलनमा जाने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रीय दुग्ध सहकारी सङ्घ र नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत दुग्ध विकास संस्थान तथा निजी डेरीबीच भएको सम्झौताअनुसार चैत २१ गतेसम्म पुस मसान्तसम्मको दूधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयमा सम्झौताअनुसार भुक्तानी नभएको भन्दै सङ्घले आन्दोलन गर्ने चेतावनी दिएको… पुरा पढौ

नेपालको अर्थतन्त्र ३‍‍.६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

काठमाडौं, २९ चैत । एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । बैंकले आज पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ ।… पुरा पढौ

सुनकाे भाउ घट्याे, चाँदीको स्थिर

काठमाडौं, २९ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले गिरावट भएको र चाँदीको भाउ बुधबारकै कायम भएको जनाएको छ । छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

घट्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कति ?

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । साथै यूरोसहति अन्य केहिको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ८०… पुरा पढौ

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

ढोरपाटन (बागलुङ), २९ चैत । जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् । गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर… पुरा पढौ

आज सेयर बजारकाे काराेबार बन्द

काठमाडौं, २९ चैत । सरकारले आज बिहीबार इदकाे सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा बिदा दिएकाे हाे । बिहीबार सार्वजनिक बिदाका कारण सेयर बजार, बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू बन्द हुने भएका छन् । शुक्रबार सेयर बजारकाे काराेबार नहुने र शनिबार नियमित बिदाकाे कारण सेयर बजार अब नयाँ वर्ष २०८१ साल वैशाख २ गते खुल्ने भएकाे छ । बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु… पुरा पढौ