आर्थिक 📈

शुक्रबार अमेरिकी डलर र यूरो दुबैको भाउ घट्यो

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको घटेको छ । साथै यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ पनि घटेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ २२… पुरा पढौ

भृकुटीमण्डपमा २५औं पुष्प मेला सुरु, १ करोडकाे कारोबार हुने

काठमाडौं, २ चैत । काठमाडौंको भृकुटीमण्डपमा २५औं पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सुरु भएको उक्त मेला यही चैत ४ गतेसम्म सञ्चालन हुनेछ । मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेका एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेला करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले रू एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए। मेला अवलोकनका लागि सर्वसाधारणका… पुरा पढौ

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्नुपर्छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गरे। यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकाेकाेमा… पुरा पढौ

नेप्सेमा २७.८४ अंकाे गिरावट, करिब ४ अर्बको कारोबार

काठमाडौं, १ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली बजारमा नकारात्मक लय देखिएको छ । सेयर बजार राताम्मै भएको छ भने लगानीकर्ताहरु पुनः पर्ख र हेरको अवस्थामा पुर्याएको छ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारका समस्याहरुको समाधानका लागि कटिवद्ध रहेको बताईरहेका छन् । उनले समस्याका बारेमा कार्ययोजना लिएर आउन निर्देशन दिईसकेका छन् । यसका लगि तीनवटै नियामक निकायहरु सुझाव संकलन र कार्ययोजनामा जुटेका छन् । संभवतः शुक्रबारसम्म नेप्से, सेबोन र सिडिएससीले कार्ययोजना पेश गर्नेछन् । उता बैंक… पुरा पढौ

नबिलले ५ अर्बको अग्राधिकार सेयर र डिबेन्चर निष्काशन गर्ने

काठमाडौं, १ चैत । नबिल बैंकले अग्राधिकार सेयर तथा डिबेन्चर बिक्रीमा ल्याउने भएकाे छ । राष्ट्र बैंकको स्वीकृति लिएर साे सेयर तथा डिबेन्चर बिक्रीमा ल्याउने भएकाे बैंककाे आज बसेको सञ्चालक समिति बैठकले निर्णय गरेकाे हाे । बैठकले प्रतिकित्ता १०० काे दरमा ५ अर्ब बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको जनाइएकाे छ । बैंकका अनुसार ८ प्रतिशत लाभांशाे दर कायम गरेर अग्राधिकार सेयर बिक्री गरिनेछ । राष्ट्र बैंकबाट स्वीकृति पाएमा मुनाफा भएको वर्ष मात्रै लाभांश वितरण गर्ने… पुरा पढौ

कालिका लघुवित्तमा यस्ताे छ राेजगारीकाे अवसर

काठमाडाैं, १ चैत । पाेखराकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुका लागि बिभिन्न पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरूकाे स्थायी पदपूर्ति गर्न लागेकाे हाे । संस्थाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन आब्हान गरेकाे छ । वित्तीय संस्थाले यसपटक बरिष्ठ सहायकमा १३ जना माग गरेकाे छ । त्यसैगरी सहायकमा २३ जना र कनिष्ठ सहायकमा ५० जना माग गरेकाे काराेबार… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ। साथै यूरोसहित अन्य केहि देशहरुको मुद्राको भाउ पनि बढेको छ। आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ २९… पुरा पढौ

धितोपत्र बोर्डकाे अध्यक्षका लागि १९ जनाले दिए आवेदन

काठमाडौं, १ चैत । नेपाल धितोपत्र बोर्ड सेबाेनको अध्यक्षका लागि १९ जना उम्मेदवार इच्छुक देखिएका छन् । उनीहरूले साे पदका लागि आवेदन दिएका छन् । अवेदन दिनेहरूमा बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट छन् । बोर्डका कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ लगायत रहेका छन् । यस्तै बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी छन्,  सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक छन् । सूर्यप्रसाद अधिकारी, रामदेव… पुरा पढौ

लघुवित्त सङ्घर्ष समितिसंग शुक्रबार अर्थ मन्त्रालयमा वार्ता हुने

काठमाडौं, १ चैत । फागुन । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको हो । मन्त्रालयका सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । उक्त समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्… पुरा पढौ