आर्थिक 📈

विदेशबाट फर्किएर जडीबुटी खेतीमा रमाउँदै पुर्जा

म्याग्दी, ८ साउन । म्याग्दीको धवलागिरि गाउँपालिका-४ बोवाङका ४० वर्षे लुद्रबहादुर पुर्जा यतिबेला परम्परागत खेती छाडेर जडीबुटीमा रमाउन थालेका छन् । लामो समय विदेशी भूमिमा काम गरेपछि फर्किएपछि परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटी र ओखरखेती गरेका हुन्। “विदेशमा गर्ने दुःख यहीँ गरेर स्वरोजगार हुने लक्ष्यका साथ जडीबुटी र ओखरखेती सुरु गरेको हुँ”, उनले भने, “हाल कूल १३ रोपनी पाखोबारीमा ओखर र सतुवाखेती गरिरहेको छु ।” हाल लालीगुराँस आधुनिक कृषि फार्म स्थापना गरी काम गरिरहेका पुर्जाले रोजगारीका लागि छ वर्ष… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे बृद्धि

काठमाडौं, ८ साउन । साताको सेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक लयमा देखिएकाे छ । यसदिनकाे प्रि ओपन सेसनमा नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । यसअघि आइतबार नेप्सेमा ६३.२४ अंककाे बृद्धि भएर २२२७.१६ विन्दुमा उक्लिइ बजार बन्द भएकाे थियाे । साेमबारकाे यस सेसनमा नेप्सेमा ०.०४ अंककाे बृद्धि भएर २२२७.२१ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स ०.५३ अंकले घटेको छ। आजकाे प्रि ओपन सेसनमा ४७ स्टकले ३९ लाख ५० हजार ४९२ रुपैयाँ बराबरको काराेबार… पुरा पढौ

सुनको भाउमा रु ३ सयले गिरावट, चाँदीको पनि घट्यो

काठमाडौं, ८ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार सुनको भाउ रुपैयाँ १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १… पुरा पढौ

साेमबार अमेरिकी डलर र यूरोको भाउ स्थिर, अन्यको कति ?

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ स्थिर रहेको छ । अन्य केहि देशको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८२ पैसा… पुरा पढौ

अख्तियारद्वारा नक्कली बिल बनाई भ्रष्टाचार गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ८ साउन । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७५/७६ मा सिद्धिचरण नगरपालिका–१० मा विद्युत् पोल, तार र ट्रान्समिटर खरिद आयोजनामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध आरोपपत्र दायर गरेको हो । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, वडा नं १० का तत्कालिन अध्यक्ष दामोदर धमला, तत्कालिन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालिन खानेपानी तथा… पुरा पढौ

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गरिने

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए। खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी… पुरा पढौ

मौद्रिक नीति आएकै दिन नेप्सेमा उछाल,साढे ४ अर्बको कारोबार

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, घर जग्गाको कारोबार तथा बैंक, वित्तीय क्षेत्रका समस्याहरुलाई संवोधन गर्ने गरी आर्थिक वर्ष २०८०-०८१ को मौद्रिक नीति सार्वजनिक गरेकै दिन आज उछाल आएको छ । नेप्सेको घेरो अर्धशतक भन्दा अझैं माथि पुगेको छ । कारोबार रकम पनि सन्तोषजनक रहेको छ । नेप्सेमा आएको उछालले लगानीकर्ताहरुको मनोबल उच्च बनाएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार आज नेप्सेमा आएको उछालसंगै नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ… पुरा पढौ

बैंकिङ क्षेत्रमा दक्ष जनशक्ति ल्याउन नीतिगत प्रबन्ध

काठमाडौं, ७ साउन । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने र आम नागरिकले सहज रुपमा सेवा पाउने भएकाले त्यसतर्फ ध्यान दिइएको हो । “बैंकिङ प्रणालीको स्थायित्वका लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकाले बैंकिङ क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ” मौद्रिक नीतिमा… पुरा पढौ

राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक, केके छन् सुविधा ? (पूर्णपाठ)

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाे छ । प्रस्तुत नीतिमा सेयर धिताे कर्जा तथा तथा घरजग्गा कर्जा खुकुलो बनाउने उल्लेख छ। आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका बारेमा रहेका समस्याहरुकाे व्यवस्थापनका लागि भएका प्रावधानहरुकाे पुनरावलोकन गरिने भएकाे छ । घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याइने भएकाे छ। वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न व्यावसायिक तथा उच्छृङ्खल… पुरा पढौ

परम्परागत शैलीलाई व्यावसायिकतामा ढाल्दै किसान

बलेवा, ७ साउन। बागलुङ जिल्लामा व्यावसायिक पशुपंक्षी पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ। आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आव २०७९-०८० मा व्यावसायिक फार्म सञ्चालन गर्ने किसानको सङ्ख्या वृद्धि भएको हो । गत वर्षभन्दा आव २०७९-८० मा जिल्लाभर ३७ पशुपक्षी फार्म थप भएका छन् । वैदेशिक रोजगारीबाट फर्केका, सरकारको लागत अनुदान पाएका र परम्परागत शैलीलाई व्यावसायिकतामा ढालेका किसानले फार्म वृद्धि गरेका हुन् । जिल्लाभर सात सय ४७ फार्मले व्यावसायिकरूपमा पशु तथा पक्षीजन्य उत्पादन गरिरहेका छन् । आव २०७८÷०७९ मा यो सङ्ख्या… पुरा पढौ