आर्थिक 📈

अप्पर लोहोरे खोला हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ५ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले असार ७ गतेदेखि स्थानिय जनताका लागि सेयर निष्काशन गरेकाे थियाे । कम्पनीका अनुसार जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँकाे १० प्रतिशतले ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि बिक्रीमा ल्याइएकाे हाे । यसमा २ लाख ५४ हजार ९०२ कित्ता आयोजनाबाट अति प्रभावित मानिएकाे नौमुले… पुरा पढौ

इमेज सहकारीकाे डेढ अर्ब बचत हिनामिना प्रकरण: सञ्चालक र कर्मचारी कारागार चलान

बागलुङ, ५ साउन । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश डा दिवाकर भट्टको इजलासले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सहकारीले रु एक अर्ब ५१ करोड हिनामिना गरेको भन्दै एक हजार चार सय ८१ जना बचतकर्ताले रु एक अर्ब ३० करोड बिगो दाबी गरेर सहकारीका कर्मचारी र सञ्चालक… पुरा पढौ

उत्पादनशील क्षेत्रमा लगानी बढाउने मौद्रिक नीति ल्याउन सुझाव

काठमाडौं, ४ साउन । उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने गरी चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति ल्याउन सांसदहरूले नेपाल राष्ट्र बैंकलाई सुझाव दिए । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरूले आन्तरिक उत्पादन बढाएर अर्थतन्त्र सुदृढ बनाउनेतर्फ चालु आर्थिक वर्षको मौद्रिक नीति केन्द्रित हुनुपर्ने सुझाव दिए । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि गर्ने सन्दर्भमा के–कस्ता नीति अवलम्बन गर्न सकिन्छ भनेर राष्ट्र बैंकले हेर्नुपर्ने बताए। उत्पादनशील क्षेत्रमा लगानी बढाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनले उल्लेख… पुरा पढौ

सुन तस्करी प्रकरण : थप तीन कार्गाे कम्पनी सञ्चालक पक्राउ

काठमाडौं, ४ साउन । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप तीन जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए। साँझ पक्राउ गरिएका तीनै कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार आज साँझ पक्राउ परेका तीनसहित अहिलेसम्म उक्त सुन प्रकरणमा १०… पुरा पढौ

उत्तरी नाका तातोपानीबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

सिन्धुपाल्चोक, ४ साउन । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको भए पनि रु तीन अर्ब २७ करोड ९४ लाख २० हजार सात सय २७ मात्र अर्थात् लक्ष्यको ७० दशमलब ८४ प्रतिशत राजस्व सङ्कलन भएको… पुरा पढौ

नेप्सेमा १.३१ अंकको गिरावट, साढे ३ अर्बको कारोबार

काठमाडौं, ४ साउन । सेयर बजारको उकालोको यात्रामा आज ब्रेक लागेको छ । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको छ । नेप्सेमा ०.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०५ अंकले बढेर ४१०.५२ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी ८ वटामा रातो लागेको छ । यसदिन २६४ कम्पनीहरुको सेयर कारोबार भएको… पुरा पढौ

बजेटले लिएको लक्ष्य कार्यान्वयन गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं, ४ साउन । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आवको मौद्रिक नीति जारी गरिने स्पष्ट पारे। पछिल्ला दिनमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, पर्याप्त तरलताको अवस्थालगायतका केही सकारात्मक सूचक देखिए पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको,… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा सामान्य अंककाे बृद्धि

काठमाडौं, ४ साउन । साताको सेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा सकारात्मक लय देखिएकाे छ । यद्यपि बजार बन्द हुँदाकाे अवधिसम्म आराेह र अवराेहकाे क्रम भने चलि नै रहन्छ । यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा उक्लिएपछि सेयर बजार बन्द भएको थियाे । आज नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४६ अंक बढेर २१६५.७० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.२९ अंकले… पुरा पढौ

बिहिबार बढ्यो सुनचाँदीको भाउ

काठमाडौं, ४ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १… पुरा पढौ

सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ, फरार व्यक्तिको खोजी हुँदै

काठमाडौं, ४ साउन । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद… पुरा पढौ