आर्थिक 📈

३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने सरकारकाे निर्णय

काठमाडौं, २१ असार । सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले भन्सार तथा लजिष्टिक सुधार कार्यक्रमअन्तर्गत एसियाली विकास बैंकबाट बजेट सहायताको रुपमा प्राप्त हुने ५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन। बैठकले एमसिए–नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक,… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट, ३ अर्ब ७ करोडकाे काराेबार

काठमाडौं, २१ असार । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारमा गिरावट देखिएकाे छ । शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको हाे । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य ६ अङ्कले ओरालो लागेर २ हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३… पुरा पढौ

बिहिबार बढ्यो सुन र चाँदीको भाउ

काठमाडौं, २१ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले बढेर तोलाको १… पुरा पढौ

अपि पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ असार । अपि पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनकाे प्रयोजनका लागि असार २२ गते बुकक्लोज गरिने भए छ । यस अनुसार सेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार गर्नुपर्नेछ । अपि पावरले अहिले कायम चुक्ता पूँजीको १ बराबर ०.४० काे रेसियाेमा हकप्रद सेयर जारी गर्ने भएकाे छ । यसअनुसार १ अर्ब ६५ करोड ३३ लाख… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ८७ रहेको छ । यूरो… पुरा पढौ

आइएमई लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, २१ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुल्ला भएकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले आजका लागि मिति सारिएकाे थियाे । इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे। इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउन लागेको छ। यसमा १२ लाख कित्ता सेयर वैदेशिक राेजगारमा गएका नेपालीहरुका… पुरा पढौ

नेपालमा लगानी गर्न चासो राख्दै इजिप्टका व्यवसायी

काठमाडौं, २१ असार । इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् । नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको जानकारी दिएका थिए । नेपालको आर्थिक सम्भावना एवं वैदेशिक… पुरा पढौ

लुम्बिनी प्रदेशमा रु ४० अर्ब ४७ करोड बजेट पारित

लुम्बिनी, २१ असार । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरे। आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि रु ४० अर्ब ४७… पुरा पढौ

आर्थिक स्थायित्वका लागि चेम्बर र परिसङ्घले सहकार्य गर्ने

काठमाडौं, २१ असार । निजी क्षेत्रका व्यवसायीको दुई छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसङ्घले आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई तथा शुभकामना दिन चेम्बर भवनमा आयोजित कार्यक्रममा दुई संस्थाले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक स्थायित्व र विकासका लागि सहकार्य गर्ने भएको जानकारी दिएका हुन् । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयनमार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका… पुरा पढौ

एनएमबि बैंकको ४० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, २० असार । 'एनएबबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९०' NMBD89/90 आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण गरिएको छ । नेपाल स्टक एक्सचेन्ज र एनएमबि बैंकबीच १०.७५ वार्षिक व्याजदर भएको १० वर्षे अवधिको “एनएबबि डिबेञ्चर १०.७५ प्रतिशत ८९/९०” NMBD89/90 को सूचीकरण बारे आज सम्झौता भएको छ । क्रम संख्या नं १ देखि ४० लाख सम्मको अंकित तथा चुक्ता मूल्य, रुपैयाँ १ हजार कfमय भएको कुल ४० लाख कित्ता डिबेञ्चर अर्थात ऋणपत्रलाई सूचीकरण गर्ने बारेमा सम्झौता भएको हो । कम्पनीले यसअघि सर्वसाधारणका… पुरा पढौ