आर्थिक 📈

ललितपुर महानगरको पुँजीगत खर्च २ अर्ब ७ करोड

ललितपुर, १० असार । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु २ अर्ब ७ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट ५ अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो । गत असारमा कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख ३ हजार पारित भएको थियो । उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो… पुरा पढौ

स्थानीय तहले आज आर्थिक वर्ष २०८०/८१ काे बजेट ल्याउदै

काठमाडौं, १० असार  । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आज सार्वजनिक हुँदैछ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय(बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । स्थानीय तहको आगामी आव २०८०/८१ का लागि शनिबारसम्म १० स्थानीय तहले बजेट पेस गरिसकेका छन् । अब सात सय ५३… पुरा पढौ

महानगरका नीति तथा कार्यक्रम : मौलिकता र सहरी पूर्वाधार निर्माणमा जोड

काठमाडौं, ९ असार । हरेक वर्ष जेठ १५ गते सङ्घीय बजेट र असार १ गते प्रदेशको बजेट सार्वजनिक गर्ने कानुनी व्यवस्थाअनुसार केन्द्र सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट ल्याइसकेका छन् । सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत पठाउने रकमको टुङ्गो लागेसँगै स्थानीय तहले पनि आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारी गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा पालिकाहरूले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट… पुरा पढौ

बागमती प्रदेश सरकारले कृषकलाई ५४ लाख राहत दिने

बागमती, ९ असार । बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई ५४ लाख राहत वितरण गर्ने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न स्थानका आठ कृषि फार्मलाई रु ५४ लाख राहत प्रदान गर्ने निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा क्षति पुगेका आठ कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरालगायत अन्य देशहरुको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा बिक्रिदर १३१ रुपैयाँ… पुरा पढौ

प्रतिनिधिसभामा भोलिदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं, ९ असार । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि आइतबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम सुरु हुने भएको छ । भोलि असार १० गते आइतबार बिहान १०ः०० बजेको बैठकमा विनियोजन विधेयकअन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुने कार्यतालिका रहेको बताइएको छ । सोही दिन गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकूद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि… पुरा पढौ

रु दुई करोड ३३ लाखको लागुऔषधसहित १० जना पक्राउ

काठमाडौं, ८ असार । प्रहरीले पछिल्लो दुई सातामा रु दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागुऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागुऔषधविरुद्धको अपरेशनमा उनीहरूलाई पक्राउ गरी ठूलो परिमाणको लागुऔषध बरामद गरेको हो । ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँच जना विदेशी छन् भने पाँच जना नेपाली रहेका छन् । उनीहरूको साथबाट कोकिन तीन दशमलव सात ग्राम,… पुरा पढौ

सहज च्यालेन्ज फन्डद्वारा सेवा प्रदायकलाई आवेदन आह्वान

काठमाडौं, ८ असार । सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृङ्खलाहरूमा विद्यमान अवरोधहरू समाधान गर्न नवीन उत्पादन विकास तथा गुणस्तर सुधार र पर्यावरणीय तथा वातावरणीय पहलहरूका सेवाहरू प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने जनाएको छ । सहज च्यालेन्ज फन्डले आज पत्रकार सम्मेलन गरी चौथो र पाँचौँ चरणको सहयोग कार्यक्रमबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपाल कृषि बजार विकास कार्यक्रमका टिम लिडर रिमा श्रेष्ठले स्विस कोन्टाक्ट, सहज च्यालेन्ज फन्ड र कोशी प्रदेशमा कृषि सेवा प्रावधान बढाउन… पुरा पढौ

रिपब्लिक मिडियाको आइपिओ असार ११ गते बाँडफाँड गरिने

काठमाडौं, ८ असार । नेपाली मिडिया क्षेत्रबाट सेयर आइपिओ निष्काशन गर्ने पहिलाे कम्पनी बनेकाे नेपाल रिपब्लिक मिडियाको सेयर असार ११ गते बाँडफाँड गरिने भएकाे छ । बिक्री प्रबन्धक मेगा क्यापिटले बुधबार प्रि–अलोटमेन्ट भइसकेकाेले असार ११ गत सेयर बाँडफाँड गर्ने जनाएकाे छ । जारी पूँजी रुपैयाँ ९६ करोड ७५ लाखको ४४.९९२२ प्रतिशत ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर जारि गरिएकाे थियाे । यसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ । २… पुरा पढौ

सुन तोलाको १ लाख ९ हजार ८ सयमा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, ८ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले गिरावट… पुरा पढौ