आर्थिक 📈

भक्तपुर र मध्यपुरमा बजेटमाथी छलफल, चाँगुनारायण र सूर्यविनायकको पारित

भक्तपुर, १२ असार । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि दुई अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । नथरपालिकाका चौधौँ नगरसभाका उपप्रमुख रजनी जोशीले चालु खर्चतर्फ एक अर्ब ३७ करोड ९४ लाख र पूँजीगत खर्चतर्फ ७९ करोड ४१ लाख रुपैयाँ एवं वित्तीय व्यवस्थातर्फ नौ करोड ५० लाख विनियोजन गरेकाे बताइन। बजेटमा ख्वप इन्जिनियरिङ कलेजमा ‘बी’ ब्लकको नयाँ भवन निर्माणका लागि आगामी वर्ष रु दुई करोड ५० लाख विनियोजन गरिएको, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ… पुरा पढौ

आर्थिक वर्ष २०७८/७९ सम्म रु ९ खर्ब बढीकाे बेरुजु

काठमाडौं, ११ असार । महालेखा परीक्षकको ६० औँ प्रतिवेदनअनुसार सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखाको वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कुल छ हजार पाँच सय ४३ वटा निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्ष २०७८/७९ सम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको हो । कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु रू… पुरा पढौ

दिब्यश्वरी हाईड्रोको हकप्रद शेयरकाे निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाडाैं, ११ असार । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीकाे हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । साे कार्यका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ ज्यू र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेका छन । दिव्यश्वरी हाइड्रोपावर कम्पनीकाे तर्फबाट अध्यक्ष दधिराम निरौला र… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको बृद्धि, शिवम सिमेन्टले गर्यो ४२ करोडको कारोबार

काठमाडौं, ११ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।यसदिन नेप्सेमा मध्यम अंकको बृद्धि भएको हाे । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेर ३९९.११ विन्दुमा पुगेको छ । १३ उपसमूहहरुमध्ये ८ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो… पुरा पढौ

आत्मनिर्भर प्रदेश बनाउने प्रयत्न भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा, ११ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए। “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।” ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र… पुरा पढौ

सुन र चाँदी दुबैको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेकाे हाे। नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा बिक्रिदर… पुरा पढौ

बैतडीका पालिकाको बजेट चार अर्ब

बैतडी, ११ असार । बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहको सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आवका लागि रु ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई प्राथमिकता राख्दै आगामी आवको… पुरा पढौ

तनहुँका १० स्थानीय तहले ल्याए करिब ८ अर्बकाे बजेट

दमौली, ११ असार । तनहुँका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ७ अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् । व्यास… पुरा पढौ

असार २९ गतेदेखि हकप्रद सेयर जारि गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं, ११ असार । नेशनल हाइड्रोपावरकाे हकप्रद सेयर असार २९ गतेदेखि बिक्रीमा ल्याउन लागिएकाे छ । कम्कानीले नाए अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ५० प्रतिशत सेयर जारि गरिने भएकाे हाे । हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ५ कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद जारि गर्ने भएकाे छ। यसैकाे प्रयाेजनका लागि असार १ गते बुकक्लोज गरिएकाे थियो। जेठ… पुरा पढौ