आर्थिक 📈

पोखरा महानगरको ७ अर्ब १५ करोडको बजेटमा पूर्वाधारलाई मुख्य प्राथमिकता

पाेखरा, ११ असार । पोखरा महानगरपालिकाले आगामी आव ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा पुर्बाधारलाई मुख्य प्राथमिकता दिएको देखिन्छ। १३औँ नगरसभामा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी थिइन । महानगरले पूर्वाधारतर्फ २ अर्ब बजेट बिनियोजन गरेको छ । पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, आर्थिक विकासतर्फ रु १० करोड, सामाजिक विकासमा रु ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ रु ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ रु… पुरा पढौ

मनकामना इन्जीनियङ्ग र भगवती हाइड्रोपावरले पाए सेयर निष्काशनकाे अनुमति

काठमाडौं, १० असार । मनकामना इन्जीनियङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर कम्पनीले सेयर (आईपीओ) निष्काशनकाे अनुमति पाएका छन्। सेबाेनले दुबै कम्पनीलाई सेयर निष्काशनकाे अनुमति दिएको हाे । सेबाेनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरका लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशनकाे अनुमति दिएकाे छ । अनुमति पाएकाेले अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणका लागि सेयर खुलाउने भएकाे छ । कम्पनीले दोलखाको सिंगटीमा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । जसकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा… पुरा पढौ

बुटवल उपमहानगरपालिकाकाे बजेट २ अर्ब ३६ करोड

लुम्बिनी, १० असार । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ का लागि रु दुई अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण रु ३० करोड १७ लाख, ससर्त अनुदान रु ४७ करोड ९२ लाख, समपूरक अनुदान रु ८० लाख र विशेष अनुदान रु दुई करोड रहने अनुमान गरिएको छ । यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु दुई करोड ३१ लाख ६९ हजार, ससर्त… पुरा पढौ

ताराखोलाका किसानलाई आलु भित्र्याउने चटारो

बलेवा, ९ असार । बागलुङको ताराखोला गाउँपालिकाका किसानलाई यतिबेला आलु भित्र्याउन चटारो छ । ताराखोलाको मुख्य बालीको रूपमा रहेको बर्खे नियमित वर्षाले बारीमै कुहिने भएकाले आलु भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको हो । मनसुनी वर्षा सुरु भएसँगै किसानले आलु खन्न थालेका छन् । यहाँका किसानले बेँसीमा हिउँदे र लेकमा बर्खे आलु खेती गर्छन् । असारको पहिलो सातादेखिनै ताराखोलाका किसानले आलु भित्र्यउन थालेको गाउँपालिकाकी पूर्व उपाध्यक्षसमेत रहेकी किसान दिलकुमारी पुनले बताइन। यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आलु हो । “अर्मपर्म गरेर… पुरा पढौ

लामो समयपछि नेप्सेमा उछाल, २११७ विन्दु क्रस गर्दा साढे ६ अर्बको कारोबार

काठमाडौं, १० असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा उछाल आएको छ । १३ वटै उपसमूहरुमा हरियाली छाएको छ भने कारोबार रकम पनि अहिले सम्मकै उच्च भएको छ । सेयर बजारमा आएको यो सकारात्मक उछालले लगानीकर्ताहरुमा खुसी छाएको छ । उनीहरुले बिगतको झैं ३० अंक बढीको बृद्धि कहिले होला भनेर पर्खिरहेका छन् । जे होस् यसदिनको सकारात्मक लहरले लगानीकर्ताहरुलाई र अर्थ बजारलाई चलायमान बनाएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ६२.२१ अंकले… पुरा पढौ

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीले प्रिमियममा साधारण शेयर निष्काशन गर्ने

काठमाडाैं, १० असार । चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २,९७,५०० कित्ता साधारण शेयर प्रिमियममा निष्काशन गर्ने भएकाे छ । कंपनीले साे सेयर निष्काशन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्काशन सम्बन्धी सम्झौता समेत भइसकेको बताइएकाे छ। चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटल लि.को तर्फबाट सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन। पुरा पढौ

प्रतिनिधिसभामा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीकाे प्रस्ताव

काठमाडौं, १० असार । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएकाे छ । ३ जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार डा अमरेश कुमार सिंह र भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रूपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत… पुरा पढौ

आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार हुँदैछ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयामा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख… पुरा पढौ

अप्पर स्याङ्गे हाइड्रोकाे आइपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १० असार । अप्पर स्याङ्गे हाइड्रोपावरले आजदेखि सेयर (आइपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे । कम्पनीले ६५ हजार कित्ता विदेशमा रहेका नेपालीका लागि जारी गरिसकेकाे । ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ भने १३ हजार कित्ता कर्मचारीका लागि रहेकाे छ ।  सर्वसाधारणले ५ लाख ३९ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाउने भएका छन्। सेयरमा लगानी गर्न चाहने… पुरा पढौ

परियोजनाका कर्मचारी १० महिनादेखि तलबविहीन

सर्लाही, १० असार । सागरनाथ वन विकास परियोजनाका एक सय ४६ कर्माचारीले विगत १० महिनादेखि तलब पाएका छैनन् । वन पैदावार विकास समितिअन्तर्गत रहेको सो परियोजनाका स्थायी ३६, करार १० र दैनिक ज्यालादारीकाले विगत करिब १० महिनादेखि तलब नपाएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले जानकारी दिए। उनका अनुसार वन पैदावर विकास समितिका कार्यकारी अध्यक्ष दीपा दाहाल (शिवाकोटी)को दुईवर्षे कार्यकाल समाप्त भएपछि समिति हाल नेतृत्वविहीन हुँदा परियोजनाका कर्माचारीले तलब खान नपाएका हुन् । समितिका अध्यक्ष दाहाल आफ्नो कार्यकाल पूरा गरी गत… पुरा पढौ