स्वास्थ्य

संक्रमण फैलिन नदिन स्याङ्जा प्रशासनले सक्रियता बढायाे

स्याङ्जा,२८ पुस । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रण र पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि प्रशासनले सक्रियता बढाएको हो । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्यरुपमा पालना गराउने निर्णय गरेको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव आयोजना नगर्ने,नगराउने निर्णयलाई… पुरा पढौ

बागमतीमा मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड-१९ व्यवस्थापन समिति गठन

काठमाडौं, २८ पुस । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ । अघिल्लो वर्ष कोभिड-१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र… पुरा पढौ

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

भक्तपुर, २८ पुस । भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत् १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मंगलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मंगलबारदेखि खोप अभियान सुरु… पुरा पढौ

पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण, १ को निधन

काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ जना र चार हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी दुई हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोरोना संक्रमितको… पुरा पढौ

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

काठमाडौं, २७ पुस । क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा… पुरा पढौ

भक्तपुरमा विद्यार्थी तथा बालबालिकाका लागि खोप

जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए । कार्यालयले आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, आजदेखि मध्यपुरथिमि नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो । कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय… पुरा पढौ

माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिसिएमसिको सिफारीस

काठमाडौं, २५ पुस । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि)ले भोलिदेखि लागू हुने गरि माघ १५ गतेसम्म बिद्यालयमा बिदा दिन सिफारीस गरेको छ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सिसिएमसिको आज बसेको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारीस गरेको हो । सिसिएमसि प्रवक्ता सुनिता नेपालले पुस २६ गतेदेखि लागू हुने गरी बिद्यालय बन्द गर्ने, अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक स्थानमा २५ भन्दा बढी मानिस भेला हुनेगरी महोत्सव नगराउने र भीड… पुरा पढौ

लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २५ पुस । लायन्स क्लब र भोमी अस्पतालले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका १० खोपासीस्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ चेकजाँच गरिएको हो । २०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० वर्षभन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निःशुल्क ईसीजीको चेकजाँच… पुरा पढौ

२४ घण्टामा ११६७ जनामा कोरोना संक्रमण,

काठमाडौं, २५ पुस । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । पुरा पढौ

१४ करोड लगानीमा ‘आव्या क्लव’ सञ्चालनको तयारीमा

पोखरा, पुस २४ । पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लब सञ्चालनको तयारीमा रहेको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ सञ्चालनको तयारीमा आउन लागेको हो । ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिना दिनभित्रमै सञ्चालनमा आउन लागेकाे हाे । सन् २०१८ मा नै आव्या क्लबको स्थापना भएपनि सन् २०२२ मा आएर क्लवले सेवा शुरु गर्न लागेको हो । ‘सर्वसुलभ मुल्यमा ५ देखि ८० वर्षसम्मकालाई लक्षित गरी क्लब सञ्चालन गरिने क्लवका निर्देशक किरण केसीले जानकारी दिए ।… पुरा पढौ