स्वास्थ्य

पोखरामा एकैदिन १० संक्रमित फेला

पोखरा, २३ साउन । पोखरामा शुक्रबार १० संक्रमित फेला परेका छन् । बिहान २ जनामा कोरोना संक्रमण देखिएकोमा पुनः ८ जनामा कोरोना देखिएको भन्दै प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । यसरी पोखरामा एकैदिन १० जनामा कोरोना भाइरस देखिएको हो। बिहीबार पोखरा ८ मा एकै परिवारमा थप ४ जनामा कोरोना देखिएपछि पोखरा क्षेत्रमा सतर्कता अपनाइएको छ । स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माका अनुसार शुक्रबार पोखरा १९ मा ६ जना, वडा १५ र वडा ३१ मा एक एक जनामा संक्रमण देखा… पुरा पढौ

कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु

सिरहा, २३ साउन । बुधबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको गए राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राति मृत्यु भएको सिरहा प्रशासनले पुष्टि गरेको छ । पुरा पढौ

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एपीएफ अस्पतालकाेआईसीयू भवन उद्घाटन

काठमाडौं, २१ साउन - सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण भएको आई.सी.यू. भवन र मोलिकुलर ल्याबको अाज उद्घाटन गरेका छन्। कोभिड–१९ को उपचारको लागि निर्माण भएको २० शैय्याको उक्त आई.सी.यू. भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक खनालले उद्घाटन गरेका हुन् । साे अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेला प्रहरीले गर्नुपर्ने सेवा र सुरक्षा सगै अब स्वास्थ्य सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखी बिरामीको सेवामा लाग्न अस्पतालका चिकित्सकलाई निर्देशन दिए । नेपाल सरकारबाट सो अस्पताललाई… पुरा पढौ

इलाममा एकै दिन १६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

मङ्गलबारे, २२ साउन । इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो । हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले… पुरा पढौ

सर्वाेच्चका सवारी चालकमा काेराेना

काठमाड, २१ साउन । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोरोना परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीका अनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षण गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो । पुरा पढौ

कोरोना संक्रमण बढेको भन्दै १४ जिल्लामा निषेधाज्ञा

सरकारले कोरोना संक्रमण बढेको भन्दै विभिन्न १४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । केही जिल्लामा पहिलेदेखि नै निषेधाज्ञा जारी छ। सरकारले देशव्यापी लकडाउन हटाए पनि कोरोना संक्रमण बढेको भन्दै पुनः निषेधाज्ञा जारी गरेको जनाएको हो । गृह मन्त्रालयले बुधबार सूचना जारी गरी निषेधाज्ञा लागू गरिएका जिल्ला, क्षेत्र र लागू रहने अवधिबारे जानकारी गराएको छ । तीमध्ये केहीमा आंशिक र पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ। जसअनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट,… पुरा पढौ

पोखरामा भेटिए ९ कोरोना संक्रमित

पोखरा, २१ साउन । पोखरामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु सबैजना पुरुष हुन् । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार उनीहरु वर्ष १७ देखि ५७ सम्मका छन् । तीमध्ये वर्ष १७ का २ जना हुन् भने अरु वर्ष २०, २१, २३, २७, ३०, ४५ र ५७ का छन् । उनीहरु कुन वडाका हुन् भन्नेबारेमा खुलाइएको छैन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम… पुरा पढौ

कोरोना संक्रमित २१ हजार नाघे, २५९ थपिए नयाँ संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मंगलबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २ सय ५९ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोनाका संक्रमितको संख्या २१ हजार ९ पुगेको हो । तीमध्ये ५ हजार ९ सय २५ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको थियो।… पुरा पढौ

‘कर्तव्य निर्वाह गर्दा सङ्क्रमित भए पीर छैन’

बाँके, २० साउन । नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना सङ्क्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा सङ्क्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं १ का अध्यक्ष प्रमोद रिजाल र वडा नं २० का कम्प्युटर अपरेटर पदम कार्कीले सामाजिक सञ्जालमार्फत आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका छन् । “जनताको काम गर्दागर्दै मलाई कोरोना सङ्क्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ,… पुरा पढौ

थप ४१८ जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप ४ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कूल सङ्क्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ पिसिआर नमूना परीक्षण गर्दा गएको २४ घण्टामा ४ सय १८ जनाम ासङ्क्रमण पुष्टि भएको बताएका हुन्। काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जना व्यक्ति सङ्क्रमणमुक्त… पुरा पढौ