स्वास्थ्य

‘मानवीय सेवा हुनु त यस्तो पो’

काठमाडौं, ३१ वैशाख । विपद्का अवस्थामा मानवीय सेवाका लागि धन नै चाहिन्छ भन्ने होइन, मन भए पुग्छ । चन्द्रागिरि नगरपालिका– १२ का छ युवाले नगरपालिकासँगको समन्वयमा आफ्नो व्यवसायलाई नै मानवीय सेवामा लगाइ नयाँ उदाहरण देखाएका छन् । उनीहरुले अहिले आफूसँग रहेका सवारी साधनमध्ये पाँचवटा कार तथा एक मोटरसाइकल गर्भवती, सुत्केरी,दीर्धरोगी तथा डायलोसिस लगयत अन्य बिरामीलाई अस्पताल लैजान र ल्याउनको लागि निः शुल्क व्यवस्था गर्दै सेवा शुरुआत गरेका छन् । कोरोना महामारीका विषम अवस्थामा बिरामीलाई सहज स्वास्थ्य सेवाको पुहँचसम्म पु¥याउन सो… पुरा पढौ

पिसिआर परीक्षण शुल्क घट्यो, अब १ हजारमै

बुटवल, ३१ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो । सरकारले रु एक हजार शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले रु दुई हजार शुल्क लिँदै आएको थियो । अबदेखि एक हजारमा पिसिआर परीक्षण शुरु गरिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। पुरा पढौ

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

पर्सा, ३१ वैशाख । आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता… पुरा पढौ

बाँकेमा थप ८ संक्रमितकाे मृत्यु

काठमाडौँ, ३१ वैशाख । बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ५ बजे साँझदेखि शुक्रबार बिहान ४ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। मृतक मध्ये ५ जना बाँके, १/१ जना बर्दिया, सल्‍यान र कैलालीका छन्। योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २सय २२ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ। पुरा पढौ

संघ र प्रदेश सरकारले उपलब्ध गरायो खोटाङलाई स्वास्थ्य सामग्री

खोटाङ, ३१ वैशाख । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई कोभिड–१९ को महामारीमा उपयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक विकासमन्त्री उषाकला राईको पहलमा स्वास्थ्य कार्यालय खोटाङलाई मास्क, स्यानिटाइजर, भिटिएम, आइसोलेशन शय्यालगायतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । प्रदेश सरकारबाट पठाइएको स्वास्थ्य सामग्री बिहीबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई हस्तान्तरण गरे । सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, हेल्थ लजिष्टिक मेनेजमेन्ट सेन्टरबाट स्वास्थ्य कार्यालयलाई रु तीन लाख… पुरा पढौ

गण्डकीमा थप १४ संक्रमितको मृत्यु

पोखरा, ३० वैशाख । गण्डकी प्रदेशमा बिहीबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये कास्कीका ८, बागलुङका ४, दाङ र म्याग्दीका १÷१ जना छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदबिन्दु शर्माका अनुसार यो सहित प्रदेशमा कुल ३ सय १८ जनाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा पोखरा १७ का ७३ वर्षीय पुरूषको मंगलबार मृत्यु भयो । पोखरा ७ की ४५ वर्षीया महिलाको सोही दिन र पोखरा १७ का ४४ वर्षीय पुरूषको… पुरा पढौ

‘भेरोसेल’को दोस्रो मात्रा जेठ २ देखि लगाईने : मन्त्रालय

काठमाडौं, ३० वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आगामी जेठ २ गतेदेखि लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सूचना प्रकाशन गर्दै पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गर्नुभएको छ । गत चैत २५ देखि २८ गतेसम्म लगाएकाले जेठ २, चैत २९ र ३०… पुरा पढौ

पाँचखालमा वडास्तरमै कोरोना परीक्षण शुरू, कोभिडविरुद्ध स्वयंसेवक दस्ता

काभ्रे, ३० वैशाख । काभ्रेकाे पाँचखाल नगरपालिकाले प्रत्येक वडामा नमूना स्वाब सङ्कलन (कोरोना परीक्षण) शुरु गरेको छ । नगरपालिकाले वडामा घुम्ती स्वाब सङ्कलन केन्द्रमार्फत नमूना स्वाब सङ्कलन गरिरहेकाे जनाएको छ । नगरले आफ्नो नमूना स्वाब सङ्कलन अभियानमा कोरोनासँग लक्षण मिल्नेजस्तै, ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने भएकालाई घुम्ती स्वाब सङ्कलन केन्द्रमा आउन अपिल गरेको छ । “सबै वडामा नमूना स्वाब सङ्कलन गर्दैछौँ, यसले समुदायस्तरमा कोरोनाको फैलावट तथा कोरोनाका बिरामी पत्ता लगाउन मद्दत पुग्छ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार… पुरा पढौ

संक्रमणको त्रास : एउटै बस्तीमा ४० संक्रमित

महोत्तरी, ३० वैशाख । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । पूर्वपश्चिम राजमार्गबाट छ/सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते… पुरा पढौ

पूर्वमन्त्री बस्नेतकाे पहलमा निःशुल्क कोभिड-१९ सेवा केन्द्र सञ्चालन गरिने

काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेका छन् । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र नै सेवा सञ्चालन गरिने उनले जानकारी दिए । उनले भने, “सेवा केन्द्रमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुने छ । निकट भविष्यमा पिसिआर मेसिन पनि राखिने छ । भविष्यमा कोभिड–१९ रोग नियन्त्रणमा आएपछि यो केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रका रूपमा रूपान्तरण हुने छ । विस्तृत… पुरा पढौ