स्वास्थ्य

नेपालमै कोरोनाका तीन प्रजाति ! भिन्नता के छ र कसरी बच्ने ?

काठमाडौं, ५ जेठ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को नयाँ प्रजाति (भेरियन्ट) पत्ता लागेको जानकारी दिएको छ। नयाँ प्रजाति पत्ता लागेको जानकारी दिएसँगै मन्त्रालयले मंगलबार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न अपील गरेको छ। स्वास्थ्य मन्त्रालयले यसअघिको भन्दा संक्रामक नयाँ प्रजाति पत्ता लागेको बताएपछि यसमा आम चासो बढेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले भेटिएको नयाँ प्रजाति पहिलेका दुई वटा भन्दा संक्रामक र जोखमपूर्ण छ। ‘गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको समन्वयनमा परीक्षणको लागि भारत… पुरा पढौ

पत्रकारसहित ७ को मृत्यु

बुटबल, ५ जेठ । कोरोना सङ्क्रमणबाट १ पत्रकारसहित ७ जनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ र भैरहवास्थित भीम अस्पतालमा ३ जनाको मृत्यु भएको हो। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको बिहान मृत्यु भएको हो । चौधरी १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए। अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६… पुरा पढौ

सङ्क्रमण बढेपछि टोलटोलमा परीक्षण

काठमाडौं, ५ जेठ । हरेक दिन कोभिड–१९ सङ्क्रमितको सङ्ख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । कोभिडको सङ्क्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । परीक्षणका क्रममा मङ्गलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जनाएको छ । आज टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ । स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च सङ्क्रमणको… पुरा पढौ

१२ अस्पतालमा अक्सिजन पाइप लाइन बिस्तार र प्लान्ट निर्माणमा १६ करोड ८० लाख निकासा

काठमाडौं, ४ जेठ । सरकारले नेपालका १२ अस्पतालमा अक्सिजन पाइप लाइन बिस्तार र प्लान्ट निर्माणमा १६ करोड ८० लाख थप बजेट निकासा दिएको छ । तीमध्ये ११ अस्पतालमा अक्सिजन प्लान्ट बन्ने छन् भने दमौली अस्पताल तनहुँमा पाइप लाइन बिस्तार हुनेछ । पुरा पढौ

विश्वमै खोप वितरणमा तिब्र विभेद छ – डब्लुएचओ प्रमुख

फ्रान्स, ४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तिब्र विभेद छ । पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, “मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर… पुरा पढौ

जिल्लामै पहिलो एचडियु सेवा सञ्चालन भएपछि बिरामीलाई सहज

परासी, ४ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु (मिनी आइसियु) सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो । सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियोे । नगरपालिकाले गत वर्षको असारमा कोभिड–१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु… पुरा पढौ

बुटवलमा थप ४ संक्रमितको मृत्यु

बुटवल, ४ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ४ कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३ जना रुपन्देहीका र १ जना अर्घाखाँचीका हुन् । वैशाख २८ मा भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ मृत्यु भएको हो । जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पतालमा लगेलगत्तै मृत्यु भएको हो जेठ २… पुरा पढौ

अक्सिजनको क्षमता वढाउँदै चितवनका अस्पतालहरू

चितवन, ४ जेठ । जिल्लामा अक्सिजन अभाव हुन थालेपछि अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पु¥याउन कठिन भएको छ । जिल्लाका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् । जिल्लामा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या बढेपछि उद्योगबाट अक्सिजन ल्याउनु पर्ने बाध्यता रहेको छ । पुरानो मेडिकल कलेजले गैँडाकोटमा रहेको आफ्नो प्लान्टलाई विस्तार गर्दैछ । अस्पतालका आवासीय निर्देशक डा… पुरा पढौ

लकडाउन उल्लङ्घन गर्ने ५,५१३ पैदलयात्री र ९,२८६ सवारी साधनलाई कारवाही

महेन्द्रनगर, ४ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । “लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भने, “लकडाउन… पुरा पढौ

भोजले फैलायो पाहुनाले भित्र्याएको कोरोना, ६५ बढी सङ्क्रमित

म्याग्दी, ४ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख… पुरा पढौ