स्वास्थ्य

युरोपेली मुलुकहरुमा आजबाट काेराेना विरूद्ध खाेप अभियान शुरु

पेरिस, १२ पुस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएकाे छ । युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोप कोभिड–१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ । कोरोनाभाइरसको खोपका कारण सन् २०२१ मा… पुरा पढौ

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी, ११ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा, शिक्षा र स्थानीय वातावरण संरक्षण ऐनसम्बन्धी विधेयकलगायत ११ वटा प्रस्तावको विषयमा निर्णय गरे पनि पालिकास्तरीय अस्पताल बनाउने ठाउँ टुङ्गो लगाउन नसकेपछि पुस १३ गतेसम्मका लागि स्थगित भएको छ । पटकपटकको प्रयासमा सहमति जुट्न नसकेपछि ठाउँ छनोट गरेर अस्पताल बनाउने वैधानिक बाटो खुलाउन बोलाइएको रघुगङ्गाको गाउँसभालाई स्थानीय र… पुरा पढौ

चरक मेमोरियलको रक्तदानमा १०४ युनिट रगत संकलन

पोखरा, १० पुस । पोखरामा रगत अभाव भइरहेकाे बेला चरक मेमोरियल हस्पिटलले अाज शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा १०४ यूनिट रगत संकलन भएकाे जनाइएकाे छ । अस्पतालका प्रबन्ध निर्देशक कपिल पाेख्रेलले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष डा. बद्री पौडेलले गरेका थिए । कार्यक्रममा ब्लड बैंक पोखराका प्राविधिक महेन्द्र केसीले रगत अभाव पूर्ति गर्न चरक मेमोरियलले आयोजना गरेको यो कार्यक्रम सह्रानीय भएको बताए । कार्यक्रमको संचालन अस्पतालका म्यानेजर प्रदीप शर्माले गरेका थिए । कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र… पुरा पढौ

बिरौटामा खुल्यो सिटिजन फार्मेसी

पोखरा, ९ पुस । पोखराको बिरौटामा सिटिजन फार्मेसी संचालनमा आएको छ । विगत २२ वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशिल औषधी ब्यवसायी मेघनाथ काफ्लेले पोखराको विरौटामा सिटिजन फार्मेसी शुरु गरेका हुन । आज एक कार्यक्रमका बीच लायन्स डिस्ट्रिक्ट ३२५ बी १ नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्य र नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष रामबहादुर के.सी. ले संयुक्त रूपमा फार्मेसीको उद्घाटन गरेका छन । पोखराको बगरमा २२ वर्षदेखी सञ्चालित चिरायु मेडिकल सर्भिस र पृथ्बीचोकमा स्याङ्जा सिटि फार्मेसी संचालन गरिरहेका सञ्चालक… पुरा पढौ

ग्राण्डीमा मिर्गाैला प्रत्यारोपण पुनः शुरु

काठमाडौं, ४ पुस । टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विसं २०७६ चैतदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीसँगै स्थगित भएको सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो । विसं २०७३ असारदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको ग्राण्डीले हालसम्म ५६ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिसकेको अस्पतालका प्रशासक हरि खड्काले जानकारी दिए । ग्राण्डीले अस्पतालभित्र हुने शल्यक्रियालाई आवश्यक पर्ने रगतका लागि आफ्नै ‘रक्तसञ्चार केन्द्र’ समेत स्थापना गरेर सेवा प्रदान… पुरा पढौ

डब्लुएचओमा सूचिकृत नभए पनि कोभिड-१९ विरुद्धको खोप नेपाल आउने

काठमाडौं, ४ पुस । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको… पुरा पढौ

भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं, ३ पुस । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताए । ‘भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन । हामी त्यो तयारीमा छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।’ उनले ग्लोबल… पुरा पढौ

सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ परीक्षण गर्ने

काठमाडौं, २ पुस । सरकारले पुसभित्र तीन लाखको ‘एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्ने भएको छ । समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर पत्ता लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्ने भएको हो । मन्त्रालयका कोभिड–१९ स्रोत व्यक्ति (फोकल पर्सन) महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको जानकारी दिए । । उनले आइतबारदेखि देशैभरि एन्टिजेन परीक्षण शुरु गरिने बताए । २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँमा उक्त परीक्षण गरिने भएकाे छ । “२०० भन्दा बढी सक्रिय सङ्क्रमित,… पुरा पढौ

चन्दा उठाएर एम्बुलेन्स

चितवन, २ पुस । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो । समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित स्वदेश र विदेशमा रहेका दूधपोखरी घर भएकाले सहयोग गरेको उहाँले जानकारी दिए । एम्बुलेन्स सञ्चालनका लागि दूधपोखरी गाउँपालिका–२ ले… पुरा पढौ

प्रसूतिको घरघरमै स्वास्थ्यकर्मी अभियान

गलेश्वर, २८ मंसिर । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर… पुरा पढौ