स्वास्थ्य

धौलागिरि अस्पतालमा पनि पिसीआर परीक्षण हुने

बागलुङ, २२ कात्तिक । गण्डकी प्रदेशअन्तर्गत अब धौलागिरी अस्पतालमा पनि कोरोनाको नमुना जाँच हुने भएको छ । सरकारको निर्णयको ४ महिनापछि मात्र पिसीआर परीक्षण प्रयोगशाला स्थापना हुने भएको हो । सरकारले असार १२ मा पिसीआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसीआर मेसिन खरिद गर्न सकिएको थिएन । दुई महिनाअघि मात्र पिसीआर मेसिन खरिद गर्नका लागि सरकारले अस्पताललाई १ करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप ४० लाख बजेट… पुरा पढौ

शिक्षा तथा स्वास्थ्य समितिद्वारा निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन

काठमाडाैं, २१ कात्तिक । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले अन्य क्षेत्रको बजेटलाई कटौती गरेर भएपनि निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको हो । भर्चुअल माध्यमबाट आज भएको समितिको बैठकमा अन्य क्षेत्रको बजेटलाई कटौती गरेर भएपनि कोरोना भाइरसकाे संक्रमण परीक्षण र उपचार निःशुल्क गर्नका लागि सल्लाहसहित निर्देशन दिएको हो । समितिको बैठकले निजी अस्पताललाई संक्रमितको उपचार खर्च कति लागिरहेको छ भन्ने विषयमा अनुगमन गर्न र… पुरा पढौ

कोरोनाबाट गण्डकीमा मृत्यु हुने १०० पुगे

पोखरा, २१ कात्तिक । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शुक्रबार ठिक १ सय पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १ सय पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार बागलुङको जैमिनी नगरपालिका ९ का २९ वर्षीय पुरुषको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । गत कात्तिक ८ मा संक्रमण पुष्टि भएका ती पुरुषलाई निमोनिया समेत समस्या थियो । यस्तै, पोखरा १० का ५७ वर्षीय पुरुषको गएराति सोही… पुरा पढौ

एनआरएनएद्वारा स्वास्थ्य मन्त्रालयलाई १ करोड २० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २१ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पुर्‍याएको भन्दै मन्त्री रावतले… पुरा पढौ

नेपालमा थपिए ३०५१ संक्रमित, ३४३० निको

काठमाडौं, २० कात्तिक । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय ३ हजार ५१ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ३ सय ३१ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक… पुरा पढौ

पोखरामा २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु

पोखरा, १९ कात्तिक । पोखरामा गएको २४ घण्टामा ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । तीमध्ये ५ जना पुरुष र १ महिला छन् । यो संख्या कोभिड–१९ बाट पोखरामा एकै दिनमा मृत्यु हुनेमा सबैभन्दा उच्च हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–३२ की ४२ वर्षीया महिला संक्रमितको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा ज्यान गएको छ । कात्तिक १६ मा संक्रमण पुष्टि भएकी ती महिलामा निमोनिया, मिर्गौला, उच्च रक्तचापको समस्या थियो । यस्तै, पोखरा–२६ का ७३ वर्षीय पुरुषको… पुरा पढौ

थप ३३०९ जनामा संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं, १९ कात्तिक । नेपालमा गएको २४ घण्टामा थप ३ हजार ३ सय ९ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभरका प्रयोगशालामा १३ हजार १ सय ४४ नमुना परीक्षणमा थप ३ हजार ३ सय ९ जनामा संक्रमण देखा परेको हो । तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ८ सय ७८ छन् । काठमाडौ जिल्लाका १५ सय ७०,… पुरा पढौ

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन

काठमाडौं, १८ कात्तिक । समुदायस्तरमा कोरोना भाइरस(कोभिड-१९)को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए । “सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ”, उनले भने, “अव चाँडै नै परीक्षण गरेर सङ्क्रमणको अवस्था पत्ता लगाइने छ ।” उनले परीक्षणका… पुरा पढौ

‘कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्रै दिनू’

काठमाडौं, १८ साउन । बीमा समितिबाट जारी बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको हो । अर्थमन्त्री पौडेलले बिमितहरुले बिमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने… पुरा पढौ

मन्त्री ढकालविरुद्ध दर्ता भएकाे अदालतको अवहेलना मुद्दाकाे सुनुवाई मंगलबार

काठमाडौं, १८ कात्तिक । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । साे मुद्दाको सुनुवाई मङ्गलबार तय भएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सो मुद्दा दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको मन्त्री ढकालविरुद्ध उक्त मुद्दामा १ वर्ष कैद र दश हजार रूपैयाँ जरिवाना माग गरिएको छ… पुरा पढौ