स्वास्थ्य

स्वस्थ जीवनका लागि योग

नेपाली जनजिब्रोमा रहेको एउटा भनाई छ, 'स्वास्थ्य नै धन हो ।' यदी स्वास्थ्य ठीक भएको खण्डमा धन भन्ने चीज कुनैपनि बेला कमाउन सकिन्छ । तर जमाना फेरिएको छ । नयाँ-नयाँ परिवर्तन, आविस्कार र विपदहरु पनि निम्तिरहेका छन् । मानिसलाई समयले लखेटिरहेको छ । कतिले समयलाई पछ्याईरहेका छन् भने कतिले प्रयत्न गरिरहेका छन् । कतिले बाल मतलव भनेर पन्छिरहेका छन् । तर यसो गर्नु बिल्कुलै गलत हो । आजको जमानामा मानिस स्वास्थ्यको बेवास्ता गर्दै मात्र पैसा-पैसा भनिरहेका छन् । हो पैसा… पुरा पढौ

तौल घटाउन र स्वस्थ रहन के गर्ने ? (हेल्थ टिप्स)

काठमाडौं, २६ कात्तिक । जो कसैले पनि हेर्दा मोटो मानिसलाई देखे भने ओहो ! कति मोटो मान्छे भन्ने गर्छन् । पेट ठूलो देखेपछि असहज महशुस गर्छन् भने स्वयं मोटाएका मान्छेलाई असहज नहुने कुरै भएन । यसको पनि समाधानका उपाय छन् । स्वस्थ खाना, प्राकृतिक घरेलु उपचार विधिबाट मोटोपनलाई घटाएर स्वस्थ हुन सकिन्छ र शरीरलाई अरुको नजरमा वाह ! कस्तो राम्रो जिउँडालको मान्छे भन्न लायकको बनाउन सकिन्छ । प्राकृतिक तवरले, आयुर्वेदका माध्यमले राम्रो उपचार विधि अवलम्बन गर्न सकिन्छ । घरमै बसेर… पुरा पढौ

निःशुल्क परीक्षण र उपचार सरकारले गर्ने : मन्त्री ढकाल

काठमाडौं, २५ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले काेराेनाभाइरस संक्रमणकाे निःशुल्क परीक्षण र उपचार गर्ने दायित्व सरकारकाे भएकाे बताएका छन् । मन्त्री ढकालले सरकारले जिम्मेवारी बहन गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार निःशुल्क गराउने बताएका हुन् । उनले भने, सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क हुन्छ, मन्त्रिपरिषद्काे सोमबारेको बैठकले यही निर्णय गरेकाे हाे । मन्त्री ढकालले आज सञ्चारमाध्यमकाे प्रश्नकाे जवाफ दिदैं सरकारले विगतमा पनि उपचार निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार… पुरा पढौ

नेपालमा थपिए २७३६ संक्रमित, निको ८५३

काठमाडौं, २५ कात्तिक । नेपालमा मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९ सय ६० पीसीआर परीक्षणमा २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित कुल संक्रमित संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जना कोरोना संक्रमित निको भए । कुल निको हुनेको संख्या १ लाख ६० हजार ५… पुरा पढौ

संक्रमितको उपचारमा स्वास्थ्यकर्मी भन्छन्, उपचार गर्दै जाँदा आँट बढ्यो

काठमाडौं, २५ कात्तिक । नेपालमा पनि कोभिड–१९ को सङ्क्रमण देखिन थालेपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि चुनौती रहेको थियो । अन्य रोगभन्दा छिटो सर्ने, सावधानी भएर उपचार गर्नुपर्नेजस्ता कारणले शुरुमा कसरी उपचार गर्ने भन्नेमा स्वास्थ्यकर्मीलाई लागेको थियो । भौतिक पूर्वाधारको कमी र प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले अस्पताल र स्वास्थ्यकर्मीलाई उपचारमा समस्या भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्धता, स्वास्थ्य बीमा र सतप्रतिशत भत्ताको व्यवस्थापन गरेपछि स्वास्थ्यकर्मीले पनि सङ्क्रमितको उपचारमा सहज बनाएको थियो । उपचार संलग्न… पुरा पढौ

सरकारले सच्चायो निर्णय, अबदेखि पीसीआर परीक्षण र उपचार निःशुल्क

काठमाडौं, २५ कात्तिक । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क लिने निर्णय सच्चाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो सहित विभिन्न महत्वपूर्ण निर्णय गरेको हो। बैठकमा सहभागी एक मन्त्रीका अनुसार बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा कोरोनाको परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सरकारले असहाय र असक्त बाहेक अरुको उपचार निःशुल्क नगर्ने निर्णय गरेपनि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको थियो । त्यसपछि दबाबमा परेको सरकारले पहिलेको निर्णयलाई सच्याउँदै कोरोना संक्रमितको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय… पुरा पढौ

नेपालमा थपिए २५ सय ७१ कोरोना संक्रमित

काठमाडौं, २४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जना कोरोना भाइरस संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार १ सय ७७ परीक्षणमा १ हजार ५१ महिला र १ हजार ५ सय २० पुरुष गरी कुल २ हजार ५ सय ७१ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर कुल संक्रमित संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै, कुल सक्रिय संक्रमित संख्या २६ हजार १ सय… पुरा पढौ

घरेलु टिप्स : जाडोबाट कसरी बच्ने ?

काठमाडौं, २४ कात्तिक । अहिले जाडो मौसम छ । जाडोबाट आफुलाई जोगाउनु नै सर्वोत्तम उपाए हो । जतिसुकै न्यानो कपडा लगाएको भएपनि जाडो मौसममा जाडो नै महशुस हुन्छ । तर पनि यसबाट जोगिनु त पर्यो नै । आज हामीले जाडो मौसममा यसबाट कसरी जोगिने भन्ने बारेमा केही घरेलु टिप्स प्रस्तुत गरेका छौं । सामान्य रुपमा लागु गर्न सके फाईदा नै हुन्छ । चिसोेबाट बच्नका लागि पहिलो कुरा त न्यानो कपडा नै लगाउनु पर्छ भन्ने कुरामा हामी सबै सहमत छौं ।… पुरा पढौ

कोरोना संक्रमण रोक्न कन्ट्याक्ट ट्रेसिङ व्यापक बनाइँदै

काठमाडौं, २२ कात्तिक । सरकारले कोभिड–१९को सङ्क्रमण पत्ता लगाउन कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउने तयारी गरेको छ । स्थानीय तहलाई जागरुक गराई अबको एक हप्ताभित्रमा ट्रेसिङ कार्य व्यापक बनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार काठमाडौं उपत्यकाका प्रत्येक वडामा कन्ट्याक्ट ट्रेसिङ समूह गठन गरेर ट्रेसिङलाई व्यापक बनाउने छ । हाल काठमाडौँ उपत्यकामा १५ वटा कन्ट्याक्ट ट्रेसिङ समूह रहेका छन् । देशभरका स्थानीय तहमा एक हजार ७५ समूहले ट्रेसिङ गरिहेका थिए ।… पुरा पढौ

निकाे हुने १ लाख ५५ हजार ११४, संक्रमित ३५ हजार ४३५ मात्र

काठमाडौं, २२ कात्तिक । नेपालमा कोरोना भाइरसबाट मुक्त भएकाहरुको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । हाल संक्रमित संख्या ३५ हजार ४३५ रहेकाे छ । बितेको २४ घन्टामा देशका विभिन्न अस्पतालमा उपचार गराईरहेका २ हजार २०६ जना निको भएर घर फर्किएका छन् । योसहित अहिलेसम्म कोरोना भाइरसको संक्रमण मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ । मन्त्रालयको आजको पूर्ण स्वास्थ्य विवरण हेर्न तलकाे लिंक क्लीक गर्नुपर्छ । https://drive.google.com/file/d/10CAi1G-_byaq-opzDJt_5aXR696WEBFw/view?usp=sharing मन्त्रालयको… पुरा पढौ