काठमाडौं, ५ कात्तिक । संघीय सरकारले कोरोना भाइरसको संक्रमण भएका बिरामीको निःशुल्क उपचार नगर्ने भनेको बेला प्रदेश सरकारहरूले भने निःशुल्क उपचार गर्ने बताएका छन । प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश सरकार र केही नगरपालिकाले निःशुल्क उपचार गर्ने भएका हुन । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा शुल्क लिने निर्णय नभएको बताएका छन । बागमती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको बताएको छ ।…
पुरा पढौ