स्वास्थ्य

अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

लहान, २७ असोज । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने… पुरा पढौ

जनप्रतिनिधि र सञ्चारकर्मीमा बढ्यो कोरोना जोखिम

महोत्तरी, २७ असोज । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् । “पछिल्ला चार दिनयता ज्वरो आउने र जिउ, हात कटकटी दुख्दै आएको थियो”, प्रमुख साहले भने, “सोमबार जनकपुरमा स्वाब परीक्षणका लागि दिएँ, पोजेटिभ नतिजा आयो ।” अब बाह्य सम्पर्क सबै बन्द गरेर घरमै उच्च… पुरा पढौ

आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

काठमाडौं, २६ असोज । काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिक बाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाेले मन्त्रालयले यस्तो निर्देशन दिएको हो । यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ रहेकाे छ । सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने समेत जनाएको छ । काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने… पुरा पढौ

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं, २६ असोज। सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको समेत बताए । ती अस्पतालमा रु एक करोडका दरले रु १४ करोड हस्तान्तरण गरिसकिएको बताइएको छ… पुरा पढौ

नेपालमा थप ४०४७ जनामा संक्रमण

काठमाडौं, २६ असाेज । नेपालमा गएकाे २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साेमबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले साे जानकारी दिएका हुन्। उनका अनुसार साेमबार देशभरमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेकाे छ। पछिल्लो २४ घण्टामा थप १४ हजार ५ सय ३० वटा पीसीआर परीक्षण भएको हाे। काठमाडौं उपत्यकामा मात्र २ हजार २ सय ८३ जना संक्रमित थपिए । तीमध्ये काठमाडौ जिल्लाका मात्र १… पुरा पढौ

नेपालमा थपिए २०७१ कोरोना संक्रमित, निको हुने १५५२

काठमाडौं, २५ असोज । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा शनिबार मात्रै ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार देशभरमा १२ हजार ७ सय २७ परीक्षणमा थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ । यसैगरी, हाल १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा बसेका छन्… पुरा पढौ

डा.केसीले अनशन तोडेपछि चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं, २५ असोज । सरकार र डा.गोविन्द केसीबीच गएराति सहमति भएर आज बिहान उनले अनशन तोडेपछि नेपाल चिकित्सक संघले पूर्व घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताएकाे छ । संघका आजिवन सदस्य रहेका प्राध्यापक डा.गोविन्द केसीको १९ औं आमरण अनशनका सम्वन्धमा असोज २४ गते राति नेपाल सरकार र डा.केसीबीच सम्झौता भएको र डा.केसीले अनशन ताेडेपछि संघले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएको आज बिहान जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । यसअघि संघले डा.केसीको जीवन रक्षाको लागि सरकार गम्भीर नएको भन्दै… पुरा पढौ

गुर्जोका एक हजार ५५० बिरुवा निःशुल्क वितरण

काठमाडौँ, २५ असोज । रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका विभिन्न भागमा रोप्न निःशुल्क उपलब्ध गराएका हुन । मनोहरा सफाइ अभियानलाई नदी किनारमा रोप्न १५० बिरुवा वितरण गरिएको छ । गुर्जोका बिरुवा सफाइ संयोजक चन्द्र दङ्गाललाई हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए। यसैगरी नयाँबानेश्वरको तेस्रो आँखा युवा क्लबमार्फत ३०० बिरुवा, भक्तपुरको दधिकोटस्थित गाम्चा बचत तथा… पुरा पढौ

काठमाडौं महानगरपालिकाका विभिन्न वडामा स्वाब संकलन हुँदै

काठमाडौं, २५ असोज । काठमाडाैं महानगरपालिकाका विभिन्न वडामा आज स्वाब संकलन हुँदैछ । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडाहरुमा स्वाब संकलन गर्ने र पीसीआर परिक्षणका लागि पठाउने कार्यलाई निरन्तरता दिएको छ । स्वाब संकलन गर्ने र संक्रमण पाेजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा पठाउने काम गरिरहेको बताएको छ । यसैक्रममा महानगरका विभिन्न वडाहरुमा आज स्वाब संकलन गर्न लागिएको छ । वडा नं ७ र ८ मा मध्यान्ह १२ वजे, वडा नं १५ र २४ मा पनि मध्यान्ह १२ वजे स्वाब संकलन… पुरा पढौ

डा. केसी र सरकारबीच मध्यरातमा सहमति

काठमाडौं, २५ असोज । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै अनशन बस्दै आएका सत्याग्रही प्राडा गोविन्द केसी र सरकारी टोलीबीच सहमति जुटेको छ । १९ औं पटक अनशन बसेको २७ औं दिनमात्र शनिबार मध्यराति त्रिवि शिक्षण अस्पतालमा ८ बुँदे सहमति भएको हो । सहमति भएसँगै डा. केसीले आइतबार अनशन तोड्ने भएका छन् । पछिल्ला २ दिन भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो । यसअघि… पुरा पढौ