स्वास्थ्य

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्नेको सङ्ख्या बढ्दै

काठमाडौं, २८ साउन । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र)मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ । बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताइन। उनका अनुसार… पुरा पढौ

सरसफाइको अपर्याप्तताले डेंगुका बिरामी बढे, सचेत रहन सरकारकाे अनुराेध

काठमाडाैं, २६ साउन । लगातारकाे वर्षासगैं र सरसफाइको अपर्याप्तताका कारण देशका बिभिन्न स्थानमा डेंगुका बिरामी बढिरहेका छन् । स्वास्थ्य मन्त्रालयकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७४ जिल्लामा ११ हजार जनाकाे हाराहारीमा संक्रमण देखिएको छ । याे राेगबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ। मनसुनको वर्षा र सरसफाइको अपर्याप्तताले रोगको प्रकोप बढेको महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले बताएका छन । चलिरहेको याे प्रवृत्ति कायम रहेमा अगस्ट–सेप्टेम्बरमा संक्रमण चरम सीमामा पुग्ने अनुमान गरिएको छ। गत बर्ष २०२२ मा देशभर डेंगु संक्रमणबाट… पुरा पढौ

डेङ्गुबाट एक जनाको मृत्यु

चितवन, २६ साउन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका… पुरा पढौ

पछिल्लाे केही सातादेखि आँखाको फ्लुका बिरामी बढे

काठमाडाैं,२५ साउन । पछिल्लाे केही सातादेखि तराई क्षेत्र, काठमाडौं उपत्यका र अन्य प्रदेशमा आँखा राेगको संक्रमण फैलिन थालेको छ । मनसुन सुरु भएसँगै नेत्रश्लेष्म रोग र आँखाको फ्लुका बिरामीमा उल्लेख्य बृद्धि भएको हाे । आँखाको फ्लुकै कारण अहिले देशभरका अधिकांश बिधालयहरू बन्द छन। यसबाट बालबालिकाहरू बढि प्रभावित भएकाे तथ्याङ्कले देखाउछ । सरकारी तवरबाट समेत सचेतनाका कार्य भइरहेकाे सरकारी अधिकारीहरूले बताएका छन। उता आँखा बिशेषज्ञहरूले सबेलाइ सचेत रहन आग्रह गरिरहेका छन। उच्च वायुमण्डलीय आर्द्रताले ब्याक्टेरिया र भाइरसहरूको प्रसार भइरहेकोले संक्रमणहरूमा तीव्र… पुरा पढौ

मणिपाल, चरक र हिमालय आँखा अस्पतालमा निःशुल्क आँखा परीक्षण र औषधि वितरण

पाेखरा, २५ साउन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ । महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ । मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा… पुरा पढौ

‘आँखा पाक्ने रोग लागे आत्तिनु पदैन’ : डा अधिकारी

काठमाडौं, २४ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । “यो रोग सङ्क्रामक भएकाले सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ”,… पुरा पढौ

झापामा ३० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप

झापा, २४ साउन । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका लम्पी स्किन रोगका फोकल पर्सन गणेश भट्टराईका अनुसार झापामा हालसम्म लगभग ३० हजार पशुलाई खोप लगाइएको छ । किसानका निजी गोठ र व्यावसायिकरूपमा सञ्चालित फार्ममा पालिएका गाई तथा भैँसीमा खोप लगाइएको हो । खोप लगाउन सुरु गरिएका पालिकामा बिर्तामोड, गौरादह, मेचीनगर र अर्जुनधारा हुन् । पालिकैपिच्छे… पुरा पढौ

आँखा पाक्ने रोगको संक्रमण बढेपछि पोखराका सामुदायिक, संस्थागत र मन्टेसरीमा ३ दिन बिदा

पोखरा, २३ साउन । पोखरा महानगरपालिकाले पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढेको र त्यसको प्रत्यक्ष प्रभाव विद्यालयका विद्यार्थीहरुमा देखिएकोले तीन दिन विद्यालय बन्द गर्न सूचना जारी गरेको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले मंगलबार एक सूचना जारी गरेर पोखरा महानगरपालिकास्थित सम्पूर्ण सामुदायिक विद्यालय, संस्थागत तथा मन्टेसरी स्कूलहरुमा साउन २४, २५ र २६ गते विदा दिन अनुरोध गरेका छन् । आँखा पाक्ने रोग आफैंमा संक्रमित रोग भएकोले संक्रमणको चक्रलाई रोक्नको लागि महानगरको संयोजकत्वमा बसेको सरोकारवालाहरुको वैठकले महानगरपालिका अन्तरगतका सबै… पुरा पढौ

ज्येष्ठ नागरिककाे यातायात र स्वास्थ्योपचारमा छुट : प्रभावकारी कार्यान्वयन भएन

काठमाडौं, २३ साउन । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लागू भएको १७ वर्ष वितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा ‘सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकेको किसिमको सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुई सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्नेछ’, भनिएको छ । यो प्रावधानको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । सिन्धुलीका ६९ वर्षीयले वीरबहाुर मगरले आफूले अहिलेसम्म सार्वजनिक यातायातमा छुट नपाएको गुनासो गरे। उनले भने, “सहचालकसँग भाडा छुटको… पुरा पढौ

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड, जनशक्ति र औषधि आपूर्तिमा कठिनाइ

चितवन, २२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका… पुरा पढौ