स्वास्थ्य

२ कोरोना सङ्क्रमित थपिए, १० जना डिस्चार्ज

काठमाडौं, २७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ६०४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । ३८७ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा १ हजार २१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

२५ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १९९ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४१८ जनाको पीसीआर परीक्षण गरिएकामा ७ जनामा तथा ७८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १२ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

वाग्मती प्रदेशमा काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

काभ्रेपलाञ्चोक, २६ मङ्सिर । काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख बन्दै गएको छ”, कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंले भने । उनका… पुरा पढौ

२ कोरोना सङ्क्रमित थपिए, १३ जना डिस्चार्ज

काठमाडौं, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ३०५ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । ५५६ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट १३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

डब्ल्यूएचओद्वारा युगान्डालाई स्वास्थ्य सहयोग

कम्पाला, २५ मंसिर । विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले युगान्डाका खडेरी र खाद्य असुरक्षाको सामना गरिरहेका जिल्लाहरूमा प्रयोग गर्ने गरी ११ लाख अमेरिकी डलरभन्दा बढीको स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार यसबारे ट्वीट गर्दै सङ्गठनले उक्त सामग्रीको आपूर्तिले कारामोजा, लांगो र टेसो क्षेत्रका २० जिल्लाहरूमा खडेरी र खाद्य असुरक्षाको स्वास्थ्य प्रभावलाई सम्बोधन गर्न सहयोग गर्ने जनाएको हो । 'यो सहयोगले स्वास्थ्य सुविधा र सामुदायिक स्तरमा औलो, मातृ, नवजात र बाल स्वास्थ्य, पोषण, क्षयरोग र एचआईभी लगायतका अत्यावश्यक स्वास्थ्य सेवाहरूको… पुरा पढौ

काभ्रेमा रेबिज नियन्त्रण गर्न खोप अभियान संचालन

काभ्रेपलाञ्चोक, २५ मङ्सिर । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए। उनका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको… पुरा पढौ

स्वास्थ्य बिमा बोर्डले बीमितबाट १० प्रतिशत शुल्क लिने

काठमाडौँ, २३ मङ्सिर । स्वास्थ्य बिमा बोर्डले अबदेखि बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ । बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बीमित बिरामीले जथाभावी परीक्षण गरेकाले रेफर अस्पतालमा उपचार गरेबापत १० प्रतिशत सहभुक्तानी तिर्नुपर्ने बताए । प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रदेशस्तरीय अस्पताल र आकस्मिक सेवाबाहेकका अर्को जाँचका लागि सिफारिस… पुरा पढौ

गुणस्तरीय स्वास्थ्य सेवाका लागि अझै शिविरको भर पर्दै रुकुमेली

रुकुम, २३ मंसिर । रुकुमपूर्व भूमे गाउँपालिका–४ काँडाका मनशोभा बुढा ९५ वर्षको भइन् । बुढेसकालले छोएसँगै उनले विगत दुई वर्षयता आँखाको ज्योति गुमाएकी हुन् । परिवारका अन्य सदस्यको साहारा लिएर घरभित्र र बाहिर गर्दै आएकी बुढाले रुकुमकोटमा आँखाको उपचार गरेपछि विगतको जस्तै देख्न थालेकी छिन् । यस्तै भूमे–३ का ७७ वर्षीय गोकुल विकले पनि आँखाको उपचारपछि राम्रोसित देख्न थालेका छन् । आँखाको शल्यक्रियापछि उनी दङ्ग छन् । रुकुमपूर्वमा यही मंसिर १८, १९ र २० गते स्वास्थ्य शिविर आयोजना गरिएको थियो… पुरा पढौ

प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना

काठमाडौं, २३ मंसिर । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन् स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ । प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी दिन क्लिनिक खोलिएको ‘यौन तथा प्रजनन् स्वास्थ्य र लैङ्गिक हिंसाबीचको अन्तर सम्बन्ध’ विषयक राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिइयो । महिला, कानुन र विकास मञ्चले क्लिनिक खोलेको सो अवसरमा जानकारी गराएकाे हाे। क्लिनिकबाट प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी लिन तथा स्वास्थ्य सेवाबारे सल्लाह लिन चाहनेलाई सेवा दिन थालिएको छ । मञ्च र आइपास नेपालले… पुरा पढौ

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

मकवानपुर, २३ मङ्सिर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुष्करचन्द्र श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। हेटौँडा अस्पतालमा पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले चालु… पुरा पढौ