स्वास्थ्य

कोरोनाका सक्रिय सङ्क्रमित २४ मा झरे

काठमाडौं, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट १ हजार २०१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७२८ जनाको पीसीआर परीक्षण गरिएकामा ३ जनामा तथा ४७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ४ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान… पुरा पढौ

कोरोनाका ५ संक्रमित थपिए, ३ जना डिस्चार्ज

काठमाडौं, २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट ९७२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ४२५ जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

कोरोनाका नयाँ संक्रमित भेटिएनन्, सक्रिय संक्रमित २३

काठमाडौं, १ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कुनै नयाँ बिरामी फेला परेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५७१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये कसैमा पनि सङ्क्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २३ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा… पुरा पढौ

रोटरी क्लब अफ कीर्तिपुरको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, १ माघ । रोटरी क्लब अफ कीर्तिपुरको आयोजना शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर मेला तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कीर्तिपुर-२, मैत्रीनगरस्थित इशानेश्वर शिव मन्दिरको प्रांगणमा आयोजित उक्त कार्यक्रम रोटर्याक्ट क्लब अफ कीर्तिपुर, प्राइम हेल्थ हब, कीर्तिपुर आँखा अस्पताल, कीर्तिपुर नगरपालिका, नेवा एफएमलगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको थियो । कार्यक्रमको रोटरी क्लबको अध्यक्ष पुष्पराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्य तथा विशेष अतिथि स्वास्थ्य सेवा प्रमुख सान्तमान मानन्धर रहेका थिए । यसैगरी कीर्तिपुर… पुरा पढौ

‘स्वस्थ जीवनको चाहना- योग, शिक्षा र साधना’ भन्दै राष्ट्रिय योग दिवस मनाउने

काठमाडौं, १ माघ । ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा… पुरा पढौ

जाडोमा हृदयाघातको जोखिम उच्च हुन्छ: डा. ओम मुर्ति

काठमाडौं । नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघात जस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् ।… पुरा पढौ

२१ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३५७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ६ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज अद्यावधिक गरिएको आँकडासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २१ मा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८ हजार… पुरा पढौ

दादुरा, रुबेलाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं, २७ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि… पुरा पढौ

५ कोरोना सङ्क्रमित थपिए, २ जना डिस्चार्ज

काठमाडौं, २५ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ९५१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५ जनामा सङ्क्रमण पुष्टि भएको हो । ६७८ जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा तथा १ हजार २७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

तनहुँका ४२ हजार घरधुरी स्वास्थ्य बीमामा जाेडिए

दमौली, २५ पुस । तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् । सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत् घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत् रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ । जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ… पुरा पढौ