स्वास्थ्य

२२ कोरोना सङ्क्रमित थपिए, २३ जना डिस्चार्ज

काठमाडौं, २३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ७६१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ३ सय जनाको पीसीआर गर्दा २० जनामा तथा ४६१ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

फिलिपिन्समा कोरोनाबाट ३९ जनाको मृत्यु

मनिला, २३ असोज । फिलिपिन्समा शनिबारसम्म कोभिडबाट ३९ जनाको ज्यान गएको छ । यहाँ शनिबार कोभिडबाट ३९ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडबाट शनिबार अघिको २४ घन्टामा मात्र २ हजार १ सय ९७ जना सङ्क्रमित भएका थिए । दक्षिणपूर्वी एसियाली यो देशमा अहिलेसम्म कोभिडबाट ३९ लाख ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट ६३ हजार २ सय ३० जनाको ज्यान गएको पाइएको छ । साथै २७… पुरा पढौ

गीतमार्फत डेङ्गु सचेतना कार्यक्रम

अर्घाखाँची, १९ असोज सुत्नेबेला नगरौं भुल पनि सबले घरमा लगाऔं है झुल पनि । अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो । जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले विभिन्न सचेतनामूलक गीत सङ्गीत प्रस्तुत गरेको थियो । ट्राफिक प्रहरीका रणपाल सेनले ‘सुत्नेबेला नगरौँ भुल पनि, सबले घरमा लगाऔँ है झुल… पुरा पढौ

चितवन मेडिकल कलेजमा तोडफोडमा संलग्न हुने १० जना पक्राउ

भरतपुर, १८ असोज । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए। ‘धेरै बिरामी उपचार भइरहेको बेलामै संवेदनशील कक्षमा तोडफोड… पुरा पढौ

दशैंमा महानगरपालिकाले दियाे निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं, १७ असाेज । दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैं बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र सो अवधिमा नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिनथालेको हो । महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेङ्गु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । यसैगरी महानगरले हाल काठमाडौँसहित देशैभरिमा डेङ्गु रोग महामारीकै रुपमा फैलिरहेकाले नागरिकको उपचारका… पुरा पढौ

४५ कोरोना सङ्क्रमित थपिए, ७० जना डिस्चार्ज

काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ६७८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार ३०७ जनाको पीसीआर गर्दा २५ जनामा तथा १ हजार ३७१ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २० जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ७० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट… पुरा पढौ

शङ्खरापुरले निःशुल्क स्वास्थ्य र शिक्षा प्रदान गर्ने

काकाठमाडौं, १३ असोज । राजधानीको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले निःशुल्क स्वास्थ्य र शिक्षाको कार्यक्रम अघि बढाएको छ । जनप्रतिनिधिले काम सुरु गरेको सय दिनका उपलब्धि सार्वजनिक गर्न आयोजित कार्यक्रममा नगर प्रमुख रमेश नापितले नगर क्षेत्रलाई फोहरमुक्त सफा स्वच्छ नगरपालिका बनाउने प्रक्रिया अघि बढाएको बताए। “पर्यटन र कृषिको माध्यमबाट समृद्धि हासिल गर्न, विकासका पूर्वाधार निर्माण गरेर नगरवासीको जीवनयापन सहज बनाउन लागिपरेका छौँ, निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क बनाउन लागेका छौँ”–उनले भने। जर्मन सरकारको सहयोगमा वडा नं… पुरा पढौ

३८ कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, १२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार ८१८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । १ हजार २८४ जनाको पीसीआर गर्दा ३१ जनामा तथा १ हजार ५३४ सय जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ५२ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट… पुरा पढौ

डेङ्गुबाट ३६ जनाकाे मृत्यु, सतर्कता अपनाउन अपिल

काठमाडौं, १२ असोज । डेङ्गु सङ्क्रमण देशभर फैलिएको छ । हालै मुस्ताङमा पनि एक जनामा डेङ्गु सङ्क्रमण भेटिएको छ । यो सँगै डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा पुगेको पुष्टि भएको हो । सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित २१ हजार ५ सय ८९ जना छन् । प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा… पुरा पढौ

युएनएफपिएद्वारा बाढी पहिरो प्रभावितलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, १२ असोज । सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ । दार्चुला जिल्ला अस्पताललाई पाँच र महाकाली नगरपालिका–२ स्थित स्वास्थ्यचौकीलाई दुई स्थान प्रजनन स्वास्थ्य सामग्री (आरएच किट्स) प्रदान गरेको युएनएफपिएद्वारा आज… पुरा पढौ