स्वास्थ्य

कोरोनाका सक्रिय सङ्क्रमित २९ जना

काठमाडौं, १७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ५३३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये २ जनामा सङ्क्रमण पुष्टि भएको हो । ३९४ जनाको पीसीआर परीक्षण गरिएकामा २ जनामा तथा १ हजार २३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

मनिला, १७ पुस । फिलिपिन्समा कोभिड-१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको छ । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागकाअनुसार शनिबार यहाँ कोभिडबाट ५ सय ९१ जना सङ्क्रमित भएका पनि बताइएको छ । यो समेत गरी यहाँ कोभिड महामारी सुरु भएदेखि अहिलेसम्ममा ४० लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँ अहिले कोभिडका सक्रिय सङ्क्रमित १३ हजार मात्र भए पनि पछिल्लो समयमा… पुरा पढौ

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

दोधारा चाँदनी, १६ पुस । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए। उनका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै… पुरा पढौ

ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक

चौतारा, १६ पुस । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए। वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच सय ७२ ले सेवा लिएका छन् । आँखा परीक्षण चार सय ४३ जनाको भएकोमा मोतियाबिन्दु भएको २९ बिरामी भेटिएका छन् । रक्त… पुरा पढौ

नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण

काठमाडौं, १५ पुस । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरे। अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो । यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रुपमा स्थापना गरिएको हो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा… पुरा पढौ

युवाहरूमा किन बढ्दैछ हृदयघातको समस्या ?

काठमाडौं, १४ पुस । युवा अवस्थाका मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिसले युवा अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन तथा मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको बिज्ञहरू बताउछन । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुनेमध्ये १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउँछन् । उनी भन्छन्, “युवाहरुमा बढ्दै गएको चुरोट तथा सुर्ती सेवनको कारणले हृदयघातको समस्या बढ्दै गएको छ । खासगरी ४५ वर्ष मुनिका २० प्रतिशत युवामा हृदयघात चुरोट… पुरा पढौ

विदेशी औषधिकाे आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

चितवन, १४ पुस । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यहीँ उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा १ सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि ५ उद्योगले उत्पादन गरेका औषधि आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् ।… पुरा पढौ

एभरेष्ट बैंकका ग्राहकले पाेखराकाे ग्यालेक्सी हस्पिटलमा १२ प्रतिशतसम्म छुट पाउने

पोखरा, १३ पुस । एभरेष्ट बैंकका सेवाग्राहीले पोखराको ग्यालेक्सी हस्पिटलका विभिन्न सेवामा छुट पाउने भएका छन् । काठमाडौंको लाजिम्पाटमा मुख्य कार्यालय रहेको एभरेष्ट बैंक र कास्कीको पोखरा-१० उत्तम चोकमा मुख्य कार्यालय रहेको हस्पिटलका प्रतिनिधि बीच छुटसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएसँगै एभरेष्ट बैंकका सेवाग्राहीले ग्यालेक्सी हस्पिटलका सेवामा छुट पाउने भएका हुन् । आज भएको कार्यक्रममा बैंकका तर्फबाट एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा हेमन्तकुमार मानन्धरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा बैंकका पोखरा शाखा प्रमुख… पुरा पढौ

काभ्रेपलाञ्चोकमा रेबिज सङ्क्रमण नियन्त्रणमा

काभ्रेपलाञ्चोक, १३ पुस । काभ्रेपलाञ्चोकमा पछिल्ला केही महिनादेखि पशुचौपायामा देखिएको रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय र भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी तथा रेबिजविरुद्धको खोप लगाएपछि नियन्त्रणमा आएको हो । गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण नियन्त्रणमा आएका बेला काभ्रेपलाञ्चोकको अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखिएको थियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका पशुचौपायालाई खोप… पुरा पढौ

महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा

जनकपुरधाम, १२ पुस । मधेस प्रदेशका एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासङ्घको सदस्यता लिएका र रेडियो, टिभी, अनलाइन र छापामाध्यमलगायतका सञ्चारमाध्यममा कार्यरत सक्रिय महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गराएको हो । गत २०७९ असारमा बीमा भएका सबै महिला पत्रकारले २०७९ साउन १ गतेदेखि बिमा सुविधा लिन पाउने आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए। हालसम्म एक सय ५० महिला पत्रकारको स्वास्थ्य तथा दुर्घटना… पुरा पढौ