स्वास्थ्य

कोरोनाका सक्रिय सङ्क्रमित १९ पुगे

काठमाडौं, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ५७४ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । २७५ जनाको पीसीआर परीक्षण गरिएकामा ६ जनामा तथा २९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट ३ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन ।… पुरा पढौ

अन्नपूर्ण हस्पिटल र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनिबीच सम्झौता

पोखरा, ४ पुस । पोखरा १० शिव चोकमा रहेको अन्नपूर्ण हस्पिटल र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रा.लि बिच साेमबार एक सम्झौता भएको छ । हस्पिटल परिसरमा भएको सम्झौता अनुसार पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी अन्तरर्गत चल्ने सबै गाडिहरुमा दुर्घटना भई घाइते भएको खण्डमा विरामीको औषधी तथा उपचारमा छुट हुने बारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार अन्नपूर्ण हस्पिटलको तर्फबाट सञ्चालक अध्यक्ष विश्व घिमिरे, डाइरेक्टर सन्तोष पाण्डे र पृथ्वीराजमार्ग वस सञ्चालक कम्पनी प्रा.लिको तर्फबाट संयोजक भरत बहादुर गुरुङ, सहसंयोजक जग… पुरा पढौ

७ कोरोना संक्रमित थपिए, २ डिस्चार्ज

काठमाडौं, ४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार ४११ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ७ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७१२ जनाको पीसीआर परीक्षण गरिएकामा ७ जनामा तथा ६९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

पोषणयुक्त अण्डाकाे किन बढेन उपभोग ?

काठमाडौं, २ पाैष । न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । तर यसप्रति चासाे बढिरहेकाे पाइदैन । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भने, “गेँडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।” अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको… पुरा पढौ

मध्यपुर थिमि नगरपालिकाले सुरू गर्याे निःशुल्क बिमा सेवा

भक्तपुर, २ पुस । मध्यपुरथिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरी नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बिमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए। नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पु¥याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयनमा ल्याएको उनले बताए। नगरपालिकाका उपप्रमुख श्रेष्ठले… पुरा पढौ

पोखरा १५ र आईएनएफ नेपालबीच स्वास्थ्य सेवा विस्तारका लागि सहमति

पोखरा, १ पुस ।  पोखरा महानगरपालिका वडा नम्बर–१५ र आईएनएफ नेपालबीच थप ‘स्वास्थ्य सेवा’ बिस्तारका लागि सहमति भएको छ । पोखरा –१५ को वडा कार्यालयबाट अतिरिक्त स्वास्थ्य सेवा दिँदै आइरहेको स्वास्थ्य केन्द्रको थप सेवा बिस्तारका लागि वडा अध्यक्ष तोरण बहादुर बानियाँ र आई एनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण बहादुर अधिकारी बिच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार आईएनएफले प्रदान गर्ने ३ लाख ६० हजार रुपैयाँ उक्त स्वास्थ्य सेवा केन्द्रको स्वास्थ्य सम्बन्धी उपकरण, भौतिक संरचना तथा औषधी खरिदका लागि… पुरा पढौ

गाउँमै विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा स्वास्थ्योपचार सेवा

गोरखा, १ पुस । गोरखाको अजिरकोट गाउँपालिकामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । “अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उनले भने, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा… पुरा पढौ

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं, २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् । तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन  र… पुरा पढौ

१६ मा झरे कोरोनाका सक्रिय सङ्क्रमित

काठमाडौं, २८ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी १ हजार १६७ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको हो । ५१९ जनाको पीसीआर परीक्षण गरिएकामा १ जनामा तथा ६४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । उक्त अवधिमा देशभरबाट २ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

कोरोना विरुद्धको खोप ५० लाख मात्रा मौज्दात

काठमाडौं, २८ मंसिर । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  रहेको उनले बताए । भेरोसेल ४३ लाख ६६… पुरा पढौ