स्वास्थ्य

तेलमा तारेका मिठाई पेटका बिरामीलाई हानिकारकः चिकित्सक

काठमाडौं, ७ कात्तिक । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् । यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान  चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ  । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले… पुरा पढौ

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

चितवन, ६ कात्तिक । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा शुभारम्भ गरेका हुन् । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिइन् । उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी… पुरा पढौ

कोरोनाका ४८ सङ्क्रमित थपिए, ५९ जना डिस्चार्ज

काठमाडौं, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार २५० जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४४५ जनाको पीसीआर गर्दा ३९ जनामा तथा ८०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ५९ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ

युआरएल स्याङ्जामा स्वास्थ्य शिविर

पोखरा, ६ कात्तिक, युआरएल स्याङ्जाले शनिबार २ सय ५ जनाको सित्तैंमा मधुमेह तथा रगत हुने खराब बोसो टिजी जाँच गरेको छ । ५ महिनाअघि पुतलीबजार-१ मा सञ्चालनमा आएको युआरएल स्याङ्जाले सामाजिक उत्तरदायित्व वहन गर्दै सचेतनासहितको शिविर आयोजना गरेको हो । शिविरमा वरिष्ठ फिजिसियन डा. कृष्णराज अधिकारीले खानपान, जीवनशैली सुधार्न र सम्भव भएसम्म वर्षमा एक पटक स्वास्थ्य जाँच गरी स्वस्थ रहन आग्रह गरे । धेरैजसो नसर्ने खालका रोगले एकै पटक थला नपार्ने जनाउँदै उनले सामान्य लक्षण देखिँदा र प्रारम्भिक चरणमै पत्ता… पुरा पढौ

शनिबारसम्म कोरोनाका सक्रिय सङ्क्रमित ७१६

काठमाडौं, ६ कात्तिक । नेपालमा शनिबार थप ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी ७९८ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ४ हजार ३५ जनाको पीसीआर गर्दा ४३ जनामा तथा ३६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा शून्य जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ४८ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । शनिबार थपिएको… पुरा पढौ

भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

काठमाडौं, ५ कात्तिक  । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरे। “छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गरेकाे… पुरा पढौ

पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन

कञ्चनपुर, ४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन गरिएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तीन महिनाको अवधि (साउनदेखि असोज महिना)मै स्वास्थ्यचौकीमा तीन हजार एक सय ४१ जनाले सेवा लिएका छन् । रुघाखोकी, ज्वरो, छालासम्बन्धी, जीउ दुख्ने, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, ग्याष्टिक, मुटु, आँखा, प्रजनन स्वास्थ्य, यौनरोगसम्बन्धीका बिरामी बढी स्वास्थ्यचौकी पुग्न थालेका हुन् । 'चिकित्सकसहितको सेवा सञ्चालन नहँुदा मुस्किलले महिनामा सय जति बिरामी उपचारका लागि पुग्ने गरेका थिए', स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक गोविन्दराज जोशीले भने, 'हाल… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित ७२७ पुगे

काठमाडौं, ३ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रम देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ५७१ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७ हजार ९८ जनाको पीसीआर गर्दा ५० जनामा तथा ७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ५१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन… पुरा पढौ

कैलालीमा डेङ्गु रोगको जोखिम कायमै

कैलाली, ३ कात्तिक । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेंङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म ४ सय २३ डेंङ्गुुका बिरामी छन् । तीमध्ये धनगढी उपमहानगरपालिकामा १ सय ४१ डेंङ्गुुका बिरामी छन् । सबैभन्दा कम मोहन्याल गाउँपालिकामा ३ जना छन् । घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा ४-४ जना छन् । लम्किचुहा नगरपालिकामा १ सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन… पुरा पढौ

कोरोनाका ४८ सङ्क्रमित थपिए, ५० जना डिस्चार्ज

काठमाडौं, २ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ७८३ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । ८१९ जनाको पीसीआर गर्दा ४२ जनामा तथा ९६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट ५० कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको छैन । आज… पुरा पढौ