स्वास्थ्य

स्वास्थ्य चौकीमा २४ घण्टे निःशुल्क स्वास्थ्य सेवा

बर्दिया, २९ असोज । कृष्णपुर नगरपालिका–५ गुलरीयास्थीत स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको  निःशुल्क सेवा सञ्चालन गरिएको छ । सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि नगरपालिकाले चिकित्सकसहितको सेवा सञ्चालन गरेको हो । सेवा सञ्चालन भएपछि उपचारका लागि सर्वसाधारणले टाढाको धनगढी र महेन्द्रनगर पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।       चौविसै घण्टा आकस्मिकसहित  स्वास्थ्य सेवा सञ्चालन गर्ने कृष्णपुर स्वास्थ्य चौकी देशकै पहिलो स्वास्थ्य चौकी भएको नगर प्रमुख हेमराज ओझाले बताए । 'स्वास्थ्य चौकीमा सेवा लिन आउने बिरामीलाई औषधि, प्रयोगशालालगायत सबै… पुरा पढौ

कोरोनाका ५१ सङ्क्रमित थपिए, २१ जना डिस्चार्ज

काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी १ हजार ७८६ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । ७२५ जनाको पीसीआर गर्दा ४५ जनामा तथा १ हजार ६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २१ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको ज्यान गएको… पुरा पढौ

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित २७ हजार नाघे

बागमती, २६ असोज । बागमती प्रदेशमा डेङ्गु सङ्क्रमित २७ हजार नाघेका छन् । लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार ७ सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भइसकेको छ । बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी र रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयको भनाइ छ । डेङ्गु रोगका काठमाडौँमा ११ हजार ४ सय ६७ र रसुवामा… पुरा पढौ

एकै दिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

काठमाडौं, २५ असोज । आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो । पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त… पुरा पढौ

कोरोनाका सक्रिय सङ्क्रमित ५ सय ७५ जना

काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधि गरी २ हजार २२२ जनाको नमूना परीक्षण गरिएको थियो । त्यसमध्ये ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ५७९ जनाको पीसीआर गर्दा ३५ जनामा तथा १ हजार ६४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको हो । उक्त अवधिमा देशभरबाट २९ कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट कसैको… पुरा पढौ

राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना सङ्क्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो पौने १ बजे अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । 'उहाँको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि आज घर फर्कनुभएको हो', अधिकारीले भने, 'राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरु सामान्य छन् ।' राष्ट्रपति भण्डारीलाई गत असोज २२ गते रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरेर उपचार गरिएको थियो… पुरा पढौ

गोदावरी नगरपालिकामा १ सय ३२ जनामा डेङ्गु

ललितपुर, २५ असोज । गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४ मा  डेङ्गुको सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाइँदै आएको छ । रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु… पुरा पढौ

कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं, २५ असोज । सरकारले आगामी कार्तिक २ र ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तालिका बनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कार्तिक २ र ३ गते भिटामिन  ए क्याप्सुल र जुकाको औषधि खुवाइने जानकारी दिएको हो । विभागका अनुसार भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पन खुवाइने छ ।  परिवार कल्याण महाशाखाका… पुरा पढौ

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सञ्चालन

चितवन, २५ असोज । भरतपुर अस्पतालले नयाँ भवनबाट इमर्जेन्सी सेवा प्रदान गर्न थालेको छ । अस्पताल स्थापनाको ६ दशकपछि नयाँ भवनबाट यो सेवा सुरुआत गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार पुरानो र जीर्ण भवनबाट सञ्चालन हुँदै आएको सेवा नयाँ भवनबाट सुरु गरिएको छ । हाल २० शय्याबाट सुरु भएको नयाँ भवनको सेवा केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने उनले बताए । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, सामान्य शल्यक्रिया कक्षसहितको सेवा उपलब्ध हुने उनको… पुरा पढौ

७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु

काठमाडौं, २४ असोज । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग सङ्क्रमण पुष्टि भएको छ । हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज २६ कोरोना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय… पुरा पढौ