मकवानपुर, ३० असोज । बागमती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा गत साउनदेखि हालसम्म डेङ्गुको सङ्क्रमणबाट ४ हजार १ सय ३१ जना बिरामी भएका छन् । मकवानपुर जिल्लामा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिमा डेङ्गुका बिरामी रहेको जनस्वास्थ्य कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा हालसम्म ३ हजार ४ सय ७५ जनामा डेङ्गुको सङ्क्रमण भएको सो कार्यालयले जनाएको छ । जिल्लाको मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेङ्गुका बिरामी बढी रहेको जनाइएको छ । डेङ्गुका बिरामी बढेसँगै हेटौंडा अस्पताल, निजी क्लिनिक…
पुरा पढौ