तान्जानिया, २१ कात्तिक । तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताउनुभएको छ । ‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि यहाँ जम्मा भएका भीडलाई भन्नुभएको थियो । यस विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ । अस्पतालमा भर्ना बिरामीहरुमा दुई जना विमानमा सवार…
पुरा पढौ